पहिलाको खेल सम्झँंदा..
साउन १०, २०८२, शनिबार | राति ०८:२२ बजे | 100
कुमार लघु, ख्वप
नमस्कार भाइबहिनीहरू आज शनिवार । आज एकछिन आराम गरेर साथीभाइहरूसित घुमेर घर पुग्दा थकाईले आराम गर्न बाध्य भएँ । फेरि आराम गरे । घरको पनि सानोतिनो कामहरू गरे । बाहिर निस्केर पढ्ने सोच थियो । किताबनिर पुग्नै पाएन । फेरि मोवाइलमा ध्यान गयो । मनमा लागेका दैनिकी भनौ हिजोका अनुभवहरूले सिँगार्न मन लाग्यो ।
आज मिति २०८२÷०४÷१० गते गठ्ठाघर पुगियो । भाइबहिनीहरूसित भेटघाट गरे । चिया खाई गफसफ गरेर घर फर्के । खाना खाए । साथीले कुरेर वसीसंगै सल्लाघारी पुगे । उतै पनि चिया गफमा समय बित्यो । करिव २ घण्टा वित्यो । काम फत्य गर्ने हिसावले मिटिङ्ग गरियो । फेरि भोलि भेटघाट गर्ने निर्णयले घुमघाम गरेर घर फर्के ।
चियाको तलतल लाग्यो । घरकी मेरी मैयाँले पकाएको चिया खाई लेख्न कार्य सुरू गरे । मैले रहरले समय उपयोग गरेको कुरा च्वाट मनमा आयो । त्यसलाई विषयवस्तु बनाई मोवाइलमा कैद गरे, जुन निम्न प्रकारका छन् ।
म सानोमा सबै खेल खेल्थे । त्यसमा याद रहेको चिकासा नेवारी नाम हो । यसलाई पहिला चिकासा भनेको नूनको खेल नेपालीमा हो । पक्षका दुई जना र विपक्षाका दुईवनाको विचमा खेलेका थियौ। उहिले खेल्न पैसा पर्दैन्थो । खेल खेलेर भरपुर मज्जा लिएका थियौ र लिने मेरा दौटरीहरू छन् । त्यो चिकासा खेल्न चतुर पनि हुनु पर्दोरहेछ । बाहिरवाट एक छेऊवाट आर्को छेऊमा गई नून बोकेर आएर सुरूकै स्थानमा एकले नछुवाई राख्न ल्याउन पर्दाे रहेछ । उति वेला निकै नै गेम ,कासा खेलेको ६ दशक सम्म पनि यादले गतिशीलतामा मन उर्लिरहेको पायौ । आज यसलाई कैद गरेकोमा खुसी छु ।
नूनको खेल खेल्दा पक्षकाले नून लिन नदिने विपक्ष भएर खेल्नेले पहरा बसेकालाई झुक्याई नून राखेको कोठामा पसेर उसका पहराहरूलाई छक्याई दगुडेर विभिन्न ढोकाहरू खोलि उघारेर परवाट वलोमा घेरामा राख्न ल्याउने खेललाई न्वारी नामाकरणको खेल हो चिकासा । चिकासा खेल्दा अनेक नियम नीतिमा ध्यान दिनु पर्नेछ । खेल खेल्दा हामी वर्तमानमा खो खो खेलसित केही तुल्ना गर्न सकिन्छ । खेल खेलेर समय पास गर्न र पक्षकालाई हामीहरू विपक्ष वनेर खेल खेल्दा हेर्नेहरूले मनोरणञ्जन लिन सकिने खेल हो चिकासा । चिकासा खेल्दा कति जाना खेलाडीहरू खेल खेल्ने हो आपसी मेलमिलापमा खेल्न पनि सकिन्छ । खेल खेलेर मित्रता,चलाक फूर्तिलो र आफ्नो चतुरता देखाउन सकिन्छ । खेल खेले समय पास गर्न नि सकिछ। आफ्नो खुवी अर्कालाई देखाउन सकिछ। अहिले खेललाई पुर्नजागरण ल्याउन सकिन्छ । एउँटा अनुभवि खेलाडीहरू बसेर पनि अभिलेख गरेमा यो खेललाई वताउने प्रयत्न गर्न सकेमा पूर्खाको गुणगान जोगाउन सकिन्छ भन्दै विदा हुन पाऊ । धन्यवाद ,
२०८२÷०४÷१० शनिवार ।
