मेरो जन्मथलाे व्यासी ..
साउन ९, २०८२, शुक्रबार | विहान ०८:५० बजे | 110
कुमार लघु,ख्वप
आज आफ्नै जातकोवारेमा आेकल्ने विचारमा छु । हामी कतावाट आएका हुन् खोजको विषय बनेको छ । अहिलेका पुस्ताले खोज्ने प्रयास हुने आसावादी मा छु । यस्तै लेखाईले गुहेकोको के,ा अगाडि ल्याउनेछ । सर्व प्रथम नमस्कार म लघु परिवारमा जन्मेको हुँ । लघु भन्नेहहरू व्यासी र भोलाछेँमा वसोवास गर्नेहहरू हुन् । अरू पनि कतिपनि कतै हुन् सक्लान । मेरो बाजे बाबुलाल लघु हो । मेरो बुबा मोहन बाहादुर लघु र आमा कृष्णमाया लघु मामा घर चोर्चा टोल हो । म मेरा आमा र बुबाको जेठो सन्तान हो । मेरो व्यासी टोल मेहनती किसानहरूको अति बाहुल्यता भएको टोल हो । लघु भने बिति कै मेरा पूर्खाहरू नाम आउने छ । मैले सुन अनुसार म कुनपक्षका हुन भने अनुसन्धान हुन बाकी छ । मथुरा लघु र हर्षमान लघुको कुरा अगाडि आईरहेको छ । म मैले सुने अनुसार हरपमान पक्षकोवाट आएको जस्तो कुराहरू आएकाछन् । मेरा बाजेको पनि बाजेहरू दुई जना छन् रे है । उसैका पक्ष मध्य हर्षमानको सन्तानकाहरू मेरो बाजेका पट्टि बाबुलाल लघुको सन्तान मोहन बाहादुर लघुको सन्तानहरू मेले जाने सम्मका अभिलेख गर्ने सोच हो । यशाँ अपुष्ट रूपमा लेख अगाडि आयो भन्ने कुराहरू आउने छन् । मेरो व्यासी टोलमा जन्मदै हुर्कन्दै गरेर सम्पदाको वरिपरि रहरले घुमिफिरी वस्दा क्या आनन्द र मज्जाले खेलेको याद अरआईरहेको कुराहरू शेयर गर्न खोजेको छु । व्यासी टोलमा मोटामोटी ६ वटा ढुङ्गेधारा देखेको छु ।। पाती ५ वटा त्वालय याय पाती ,छ्वास पाती ,लामो पाती, सतलको पाती र झ्याल भएको पाती देखेको छु । दुई वटा पोखरी सानो र ठूलो देखेको छु । सम्पदा मन्दिरमा गणेश ,नारायण र कृष्ण आदी । शुभ विहानीको समयमा गणेश नारायण घुम्ने दर्शन गर्ने स्थानीय वासीहरू तत्पर छन् । पातीमा आराम गर्ने पोखरी वरिपरि घुम्ने वृध्दवृध्दाहरू लाैरो टेके र युवाहरू नदेखिने हिसावले घुमेका छन् । पोखरीको पानी सफा छन् ।पोखरीमा गमलाले सजाएका छन् । वच्चाहरू पोखरीमा खस्लान भनेर ढोकामा बार राखेको छ । पोखरीको वरिपरी सफा छ । नारायणको मन्दिर अलि चैत्य शैलीमा छ। टोल खुल्ला र फराकिलो छ । यहाँको हावापानी चिसो छ । घाम पारिलो र घाम प्रष्ट लाग्छ । विर्सिन नहुने कुरा यहाँ तीनधाराको ढुङ्गेधार छ । म सानो छदा त निर्मलपानी बग्थो । यो ढसङ्गेधारा लामो पातीको छेवेमा झ्याल भएको पाती पछाडि नै छ । झ्याल भएको पातीमावाट नै मनग्य रहर नमेतिन्जेल हेर्ने हुन्थो । अहिले टुकटुक मात्र पानी आउँछ । त्यही ढुङ्गेधारा र इनारको पानी खाने हात मुख धुने हुन्थो । सानोमा खेल्ने घुम्ने व्यासी मै हो । १ वटा बासुमा वि र २) शारदा मा वि विध्यालय छन् । बालाखु गणेश मन्दिर पूजाआजामा जाने चलन छ । व्यासी टोलको पूर्वमा चोछेँ छुमागणेश चोछेँ टोल उत्तरमा कासन खासाङ्ग खुसुङ्ग र, दक्षिणमा दरवार स्क्वाएर पर्छ र पश्चिममा उग्योग क्षेत्र पर्छ । मे,ै व्यासी टोलमा सानो व्यासी टोल पनि छ। मैले सानो व्यासी टोलको कुनै कुरो गरेकी छुईन् । अविर मै गर्ने छु । मेरो परिवार किसान हो । म पनि किसान कै छोरो हुँ । मैले सानोमा बासुमावि मा , चण्डेश्र्वरी निमा विमा , शारदा मा वि नेपाल कलेज मिनभवन र सानो ठिमी कलेजमा अध्ययन गरेको थिए । एम.एम. एड. गरेकाे छु। म कविता,लेख र लघस कथा लृख्न मन पराउँछु । आजलाई नमस्कार । २०८२/४/०९ ,भक्तपुर
