असल विद्यार्थीले राजनीति गर्नु छ ....
साउन ५, २०८२, सोमबार | विहान ०८:५८ बजे | 105
कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार,
धेरै दिनको पर्खाईपछि मन त लघु कथाले तान्यो । लघु कथाले पनि विषय वस्तु राजनीतितर्फ तानेर लियो । त्यसैले राजनैतिक विषयवस्तुमा औला दौडाएको छु । लौ त विषय वस्तुमा घोतलौँ ।
सभ्य, सत्य, निस्वार्थी विद्यार्थी र राजनैतिक कार्यकर्ताले आफ्नो जीवनकालमा सत्य सेवा जनताको सेवामा लाग्न राजनीति गर्नुपर्छ । हामीले हो राजनीति गर्ने अनि देशमा राम्रो व्यवस्था ल्याउन सकिन्छ । राम्रो सरकार छ भने जनतालाई सेवा गर्न मिठो खाना जस्तै असल राजनीति गर्छन् । यहाँ वेमानी राजनीतिको कारणले शासन सत्ता हातमा लिएकाहरूले गर्दा देशका जनतालाई दुःख पिडा बढेको छ । त्यसैले भाइ बहिनीहरू शिक्षा पेसामा लागेर राजनीति गरेर व्यवस्था असल बनाउनलाई विद्यार्थीले शुध्द राजनीतिमा पेसामा लाग्नु पर्छ । अनि मात्र देशमा राजनैतिक कार्यकर्ता बनेर जनताको र देशको सेवा गर्न सक्षम हुन्छ । युवाहरू हो देशको राजनीतिक खम्वा हो ।
असल शिक्षा दीक्षा सीप तालिम लिएर विदेश जाने होईन् आफ्नै देशका राजनैतिक र विभिन्न उत्पादन मुलक पेसामा लागेर देशको र जनताको निम्ति जिवनको समय उपयोग गर्ने हो । मनलाई उत्साहा जनक रूपमा परिवर्तन गर्ने हो । मनलाई उत्साहित पार्नुस् । मनमा राजनैतिक पेसामा लाग्न दृढ इच्छा शक्ति चाहिन्छ । राजनैतिक पेसामा लाग्न पढेर सिकेर राजनैतिक पेसा संघ संठनमा लागेर सदस्यता लिएर हो । राजनैतिक पार्टीमा सदस्यता लिएर हो । राजनीति गरेर जिवनमा दुःख सुखमा लाग्छु भनेर प्रण चाहिछ । देशलाई सुदृढ सुमार्गमा लग्न सके सबैले सुखको अनुभूति लिन सकिने हुन्छ ।
यहाँ देशघाटीहरूले शासन सत्ता हातमा लिएका र जनतामा सचेतता र वेमानहरूलाई निर्वाचनमा जिताई पठाएकोले जनताको मतले घुस खाने भ्रष्टाचार गर्नेहरूलाई लर्को मिलेकाछन् । राजनैतिक व्यक्तित्वहरू जहाँ आफ्नो जन्मथलो हो जनतासित सम्पर्कमा रहेर जनताको संङ्गठनमा लागेर जनतालाई राजनैतिक कक्षाहरू लिएर जनतालाई चेतित पारेर चनाखो नपारेसम्म यहाँ चुनावमा बदमास मानिसले जितेर घुस खाने भ्रष्टाचार गर्ने र शोषण कायम गर्ने छ ।
भाइ बहिनीहरू अबको कालमा युवा र विद्यार्थीहरूले राजनैतिकमा लागेर देश र जनतालाई परिवर्तन गरेर देशलाई अगाडि वढाउनु पर्छ । शोषकहरूको शत्ता खोस्न सक्नुपर्छ । युवाले र विद्यार्थीले राजनीति गरेर मात्र देशमा सच्चा राजनीतिक कार्यकर्ताले परिवर्तन सम्भव छ ।
समय लाग्छ ,समयले सबैलाई ल्याउने छ । पुस्तौ पुस्ता राजनैतिक जीवन बिताएर बल परिवर्तन सम्भव हुन्छ । आसा छ युवाहरूको मद्त देश र राजनैतिक पक्षले पर्खेकाछन् ।
अन्तमा देशको सपूतले राजनैतिक पेसा नअंगाले सम्म देश दुर्गतिवाट जोगाउन विद्यार्थीले राजनैतिक पथमा लम्कनु छ । हामी नलागे भ्रष्टाचारीहरूले नै देश चलाउने छ। हामीले राजनैतिक मार्गमा लागेर मात्र भ्रष्टाहरूको पराजय हुन्छ। विषय वस्तुमा दखल भएकाले कमाण्ड भएकाले पावर भएकाहरू र सक्षताशिलहरू राजनैतिक वाटोमा लाग्न हुन् अनुरोध गर्दै विदा हुन्छु । धन्यवाद ,
२०८२÷०४÷५
