सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा विभिन्न व्यक्तित्वलाई सम्मानित गरिने
साउन ३, २०८२, शनिबार | राति ०९:२६ बजे | 440
जयराम बिडारी
काठमाडौं, श्रावण ३ — साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ। यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि भव्य रूपमा आयोजना गर्ने जनाएकोा छ । यहि श्रावण ११ गते पुल्चोक ईन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरि सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले प्रेश विज्ञप्तिमा जनाएको छ । समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने जनाइएको छ । सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधना पुरस्कार (रु ११,१११) राशि सहितको पुरस्कारबाट लालबहादुर भुजेल, सिद्धिश्वरमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार (रु २०,०००)राशि सहितको पुरस्कारबाट प्रा. डा. भानु चन्द्र बज्राचार्य ,सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार (रु २०,०००) राशि सहितको पुरस्कारबाट रोजर द ग्रुप बेल्जियम, सिद्धिश्वरमान–विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार (रु ११,१११) निष्ठा कायस्थ, दिदीबहिनी क्रियसन्स र सिद्धिश्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान — स्व. विनय कसजु,सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान प्रा. डा. हृदयरत्न बज्राचार्य, सिद्धिश्वरमान उत्कृष्ट सूचना तथा साहित्य साधक सम्मान प्रविण जोशी , सिद्धिश्वरमान उत्कृष्ट संगीत साधक सम्मान राजु सिंह,सिद्धिश्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान — प्रा. उपेन्द्र बहादुर कार्की ,सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान डा. भगवान कोइराला,सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान राम विनय ,सिद्धिश्वरमान उत्कृष्ट साहित्य रत्न सम्मान हिरण्यकुमारी पाठक ,सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान लक्ष्मी माली तथा स्नेह सायमी ,सिद्धिश्वरमान नेपाल भाषाको संझ्या नेपा भायया संझ्या रेवती राजभण्डारी,सिद्धिश्वरमान नेपाल भाषाको संझ्या नेपा भायया संझ्या नरेन्द्र बहादुर श्रेष्ठ ,सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान साहित्यिक पत्रकार संघ, काठमाडौं , सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान भिम विराग संगीत, साहित्य कला प्रतिष्ठान, हेटौंडा लाई प्रदान गरिने जनाइएको छ । साहित्य, कला र समाजसेवामा क्रियाशील व्यक्तिहरूको सम्मानबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने र आगामी पुस्तालाई उत्प्रेरणा प्राप्त हुने आयोजकले विश्वास लिएको छ ।
