कुलमान घिसिङ काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा
साउन २, २०८२, शुक्रबार | राति ०९:०० बजे | 1340
प्राधिकरणलाई मात्र ५०० वढी इलेक्ट्रिकल इन्जिनियरिङ चाहिने
नेपाल विद्यूत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालमा नेपाल विद्युत प्राधिकरणलाई मात्र ५०० वढी इलेक्ट्रिकल इन्जिनियरिङ चाहिने वताउनु भएको छ । 'समय अनुकूल आधुनिकरण रसशक्तिकरण गर्ने हो भने प्राधिकरणलाई मात्र ५०० वढी इलेक्ट्रिकल इन्जिनियरिङ चाहिन्छ । अरु निजी हाइड्रोपावर र कम्पनीको लागि त अझ हजार वढी इलेक्ट्रिकल इन्जिनियरिङ आवश्यक छ । सरकारको एउटा नितीले दक्ष जनाशक्तिको आवश्यकता र उत्पादकत्वमा कायापलत ल्याउन सक्छ ।‘ पूर्व प्रवन्ध निर्देशक घिसिङले भन्नु भयो ।
इलेक्ट्रिकल इन्जिनियर घिसिङले उक्त कुरा शुक्रवार काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा आयोजित एक प्रवचन कार्यक्रममा वताउनु भएको हो ।
केईसी इलेक्ट्रिकल क्लवद्वारा आयोजित 'एकीकृत जलस्रोत व्यवस्थापन मार्फत आर्थिक रूपान्तरण (Economic Transformation Through Integrated Water Resource Management)' विषयक उक्त प्रवचन कार्यक्रममा उहाँले जलश्रोतको विविध महत्व र उपादेयतावारे प्रकाश पार्नु भएको थियो । उहाँले सफा खानेपानी, सिँचाइ, खाद्यान्न उत्पादन, जलयातायात, जलपर्यटन, पर्यावरण, जल विद्युत लगायतका क्षेत्रमा जलश्रोतको महत्वपूर्ण उपायोगिता रहेको स्पष्ट पार्नु भयो । ठूल्ठूला जलाशय हरु निर्माण गरेर नेपाल को १७लाख हेक्टर खेतियोग्य जमीनमा सिचाइँको प्रवन्ध गर्न सक्ने र ८३ हजार मेघावाट विजुली निकाल्न सक्ने अवधारणा प्रस्तुत गर्नु भयो ।
उहाँले अहिले नेपालको प्रतिव्यक्ति विद्युत उपायोगिता ४०० युनिट मात्र रहेको र नर्वे जस्ता विकसित देशमा प्रतिव्यक्ति विद्युत उपायोगिता २६००० युनिट रहेकोले नेपालमा विद्युतको वजार विशाल रहेको प्रष्ट पार्नु भयो ।
कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रा. इ. हिरेन्द्रमान प्रधानले काठमाडौं इन्जिनियरिङ कलेजद्वारा वेला वेलामा आयोजना गरिने यस्ता विषय विज्ञहरुको प्रवचन, कार्यशाला र गोष्ठीहरुले विद्यार्थीहरुको वृहत्ततर विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
इलेक्ट्रिकल विभागका सल्लाहकार प्रा डा इन्द्रमान ताम्राकार र इलेक्ट्रिकल क्लवका अध्यक्ष रेफिना श्रेष्ठले पनि वोल्नु भएको उक्त कार्यक्रममा कलेजका सिनियर भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर आ. शैलिता मानन्धर जोशी, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर इ. अर्जुन पौडेलको पनि उपस्थिति थियो । प्रवचनपछि प्रश्नोत्तर कार्यक्रम समेत भएको र कार्यक्रममा विद्यार्थीको उत्साजनक सहभागिता रहेको एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले वताउनु भयो ।
