देइगनामा घरेलु मदिरा नष्ट
जेठ २८, २०७७, बुधबार | विहान ०७:१९ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ देइगना बस्ने नारायण बागको आफ्नै पाँंचतले घरमा लुकाइछिपाइ राखेको दुई हजार आठ सय लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरिदिएको छ । अबैद्य घरेलु मदिरा लुकाई छुपाई राखिएको छ भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको कमाण्डमा प्रहरी टोली खटिई गई मदिरा र एक हजार ६ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानियको जनप्रतिनिधीको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
[[img2]]
[[img3]]