बुद्धिहीन बुद्धिजीवीहरु
असार ३१, २०८२, मङ्गलबार | विहान १०:३८ बजे | 255
यज्ञबहादुर कार्की
गुण्डु, भक्तपुर
यहाँ लोकतन्त्र जस्तो पद्धतिमा पनि बारम्वार भ्रष्टाचार भयो, कारबाही भएन भनेर कराइरहेछन् बुद्धिहीन बुद्धिजीवीहरु । कहाँ यतिबिघ्न अनियमितता भयो भनेर लेखिरहेछन पत्रकार भन्नेहरु । जवकि हामीले पत्रकारको दक्षता नहुदा पनि पत्रकार बन्न पाउने सुविधा दिलायौ ।
हामीलाई यस्तो चिठ्ठा पर्न आएको सत्ता सुखमा बाधा अडचन पार्न किन खोजीरहेछन यी प्रतिगामीहरु ? केही नीति निर्माण गरिदा राम्रो भएन होला भन्न मिल्छ र जे पनि, जबकी हामी सत्ता सुन्दरीसंग अंकमाल गरेर शौखमा डुबिरहेको हाम्रो शान मानमा किन खोजी गरिरहेछन यी निपट मुर्खहरु ? कानुन र त्यस्को दायरामा ल्याएर ठिक पार त्यस्ताहरुलाई । हामी जे गरिरहेछौ ठिक गरिरहेछौ । बेठिक भन्नै पाँउदैनन । बुझे हुन्छ स्वाँठहरले । जसले जसरी जहाँबाट यो लोकतन्त्र ल्याएको भए पनि विशेष सुविधा हामीले नै लिने हो, वा हाम्रा मानिसहरुले पाउने हो । अरुलाई होइन, छैन । नत्र भने विश्वले हामीले ठिक गरेनौ भन्ने अर्थमा कुनै कुटनैतिक भाषा प्रयोग गथ्र्याे त ? खै कुरा बुझेका ? हामी जे गर्दछौ त्यही कानुन हो । हामीले कानुन बाहिर गएर भए गरेका (गैर–कानुनी) कृयालाई पनि बोल्ने छुट कसैलाई छैन । भलै संबिधानमा वाक स्वतन्त्रता किन नलेखिको हवस ? वोले दण्ड भागी हुन्छन र दण्ड दिइन्छ । नत्र भने सत्ताका र रहेको अपरम्मपार शक्ति को के अर्थ भयो र ? शान सौकातको के अर्थ रह्यो र ? हामीले त आइरन कट्स आइरन बनाइसकेका छौ । हामी उनीहरुको सत्य तथ्यलाई हावादारी गफ भनिदिन्छौ वा कपोलकल्पित कुरा हुन् भनिदिन्छौ । सबै खेल शब्दमा नै छ । त्यो खेल खेल्न हामी माहिर छौ । जिन्दगीभर त्यसैको तालिम लिई आएका छौ छ । कोही माइकेलाल हामी हामीलाई पराजित गर्न सक्ने ? ल हेर हामी जे गर्छाै, जे भन्दछौ “माने मान न माने मै तरा मेहमान “ तर हाम्रा जथ्थाहरुले मानेकै छन् । पुगिहाल्यो देखाउन ।
हामी नागरिकहरुलाई छु मंन्त्र गरेर जे पनि बनाई दिन सक्दछौ । भेडा, बाख्रा, गाई जस्तै फेरि यो झिनोमसिनो बिरोध आयो कहाँबाट ? अलिकति त्यतापट्टी ध्यान पुगेन कि ? नपुगे पनि हाम्रा सैद्धान्तिक निष्ठावान लडे हुन्छ । तिनीहरुसंग र बाँघले झम्टे सरि झम्टनु तिनीहरुलाई हामी छदैछौ । तिमीहरुको संरक्षण गर्न, तब न रहे बाँस न बजे बाँसुरी हुन्छ बुझ्यौ । केही गम्भीर कुरा उठेमा हाम्रो प्रशासन छैदै छ, किन डराउने ? हैन भने षडयन्त्र रची फेरि लगाई देवो झुट्टा मुद्दा काम फिनिस । के गर्न सक्दछन, हेरौ त ? कानुनको कार्वान्यन गराउने हाम्रा निकाय छैनन र ? हामीले मनोनयन हरेका हैनन र ?
अब यत्राविधि कृषि कार्यमा चुनौतीपूर्ण कार्य गरेर आत्मनिर्भर बनाइसक्यौ थाह छैन त उनीहरुलाई ? संसारले देखिसकेको छ ती कहाँबाट आए । कृषिमा केही सुधार भएन भन्नेहरु । एउटै गाँउमा पुग्ने जमिन, जंगल, खोला, जोतीजोती पाँचवटा बाटो बनाई सकेका र बारम्मवार मर्मत गराई रहेको देखेका छैनन र ? फेरि बिकाशै भएन भन्ने तीनै बिराधी नभए र को त ? हेर त यस्त बाटाधाटाहरु धेरै बनाउनाले तिमीहरुले पनि काम पाएका छौ । त्यसकै कारणले जग्गाको मूल्य बढेकने छ । के थाह ती गँवारहरुलाई ? निपट मुर्खहरुलाई । तिनीहरुको बाऊ बाजेले जग्गा बिक्री गर्न सकेका थिए र यस्तो होड लागेको थियो र बिक्री बितरणमा ? यस्ले गर्दा नै त तिनीहरुका जीवनस्तर माथि उठेको जस्तो देखिएको किन बुझ्न सक्दैनन कुरा तिनीहरु ?
हाम्रा जति त जे मा पनि हाम्रै हुन । राम्रा जति जोसुकैका होउन के मतलव छ हामीलाई ? राम्रा हाम्रो सिद्धान्तमा अटदैनन ? सत्ता हाम्रै हो, शक्ति हाम्रै हो । अरु सव बेकामीहरुलाई किन हेर्नुपर्छ ?
खै के कानुन खोतल्लान छाडनु भएन है । तिनीहरुलाई गरि देखावो–“तुरुन्त हुकुमको पालना भया“ जनता भाडनेहरुलाई पंगु नबनाई हुदैन । त्यस्का लागी साम, दाम, दण्ड, भेद कुन लगाउन उपर्युक्त हुन्छ हेर । लगाइहाल । केही लागेन भने हाम्रो पनि दृस्ठि पुगेन छ कि भनौला र वार्तामा बसौन त भनौला । साझेदार भैहाल्दछन कि ? फेरि कताबाट उठाउलान र काणडै काण्ड हाम्रै मानीसहरु त्यस काण्डको ब्याख्या बङाउन सक्ने प्रकाण्ड आयोगमा छन के जाला र सन्देश जनतामा जे गए पनि के पिर के को सुर्ता । धुर्त शास्त्र जानेकै छौ । के को चिन्ता । चिन्तै छैन । चिन्ता त बिदेशीहरुले गम्भीर तहले हेर्लान कि भन्ने पो छ । यदि ठुलै बिरोध पुग्न गयो भने तुरुन्त छानविन आयोग गठन गरि दिउला हुन्न र ?आयोग हामीले नै बनाउने हो । छनौट हामीले नै गरेर राख्ने हो । के कारवाहि गर्छ र ? घुमाउने कुर्सीको शक्ति र रहस्य उसले कहाँ बुझ्न सक्छ ?
जनतामा जान बिकाश र योजनाहरु खै त भन्नलान भन्ने हो भने र फेरि मिशन ८४ आँउदछ भनिन्छ भने पनि कहाँ कसमा जाने हो र मत ? हामी अहिले नै भन्न सक्दछौ ,“कहाँ जालास मछेडी मेरै ढडिया“ बुझ है । धेरैनै कमजोर भए गरौला गठबन्धन । जब सत्ता र बिपक्ष एकै भएर त संसदिय व्यवस्था चलाइन्छ भने अरु त जाबो कुरा । गठबन्धनमा सिद्धान्तको के मतलव ? बढी लेख्छन कोहि ईलेक्टीक मिडियामा भने साईवर कानुन बनाएको के काम ? आकर्षित गराउ र लगाउ मुद्दा । त्यसैको लागि त यत्रो लगानी पल्ट रचिएका के थाह ती बुद्दुहरुलाई ।
तर हेर है पहिले सेटिङ्ग पनि मिलाउन जान्नु पर्दछ जान, सोध । अनुभुवीलाई हात लिउ । चुक भइए असफल होइएला । याद गर नि, बलत्कारको घटना घटाउनु वा फेक ईन्काउन्टर गराउन लगाउनु, नभए अन्य दुर्घटनाको चाँजोपाँजो मिलाउनु जाने त है हाल्यो नि ? यति पनि नभए लोकतन्त्रको सुन्दर पक्ष अरु के ? अनि त यस्था नाथे बिरोधीहरु निमिट्यान पार्न, मुखमा कालो पोत्न या सफाया गराउन कुन आइतवारको कुरा भयो र ? बुझ त्यसै मुताविक चल यह िहो राजनीति ।
अब सार कुरा सुन–संसारले सुर्याेदय पुर्व दिशाबाट उदाउँदछ भनी मानी आएकै हुन, तर हामी भन्दछौ । सुर्य पश्चिमबाट पनि उदय हुन्छ । पृथ्वीले सुर्यलाई परिक्रमा गर्दछ भन्दछन । तर हामी भन्दछौ सुर्यले पृथ्वीलाई पनि परिक्रमा गर्दछ । तब पश्चिमबाट घाम झुल्किन्छ भन्ने नमानी सुख । लोकतन्त्रको बिपरित हामीले जे गर्याैउ त के कसैले केही गर्न सक्यो हामीलाई ? त्यसैले हामी तर्कलाई तर्क, कुतर्क, सुतर्क जे जस्तो पनि बनाउन जान्दछौ यो सिद्धान्त अकाट्य छ कि आगो आगोबाट शान्त हुदैन । हाम्रो फर्मुलामा आगो आगोबाट शान्त भएको प्रचार गरिदियौ किन माने त दुनियाँले त्यो ? उनीहरुले भन्दा हामीलाई थाह छ हाम्रा हर क्रियाकलापहरुले त्यो पुष्टि गर्छ हैन र ? हामी जे छौ ठिक छौ । त्यसै भनेका हौ त ? यी माथिका कारण यथेष्ट भएन त ? दुष्टहरुले नमानुन त्यो बेग्लै कुरा हो । हाम्रो राजनितीमा बिरोधिलाई सिध्याउने बाहेक अरु केही हुदैन ।
आश्चर्यचकित छ बिश्व हाम्रो राजनितीले, हाम्रा कुराले बिधिशास्त्र, दर्शनशास्त्र बताउन सक्ने को छ हामी सरह?
ल सुन–– जैन धर्म भन्छ “राजबाट त मूर्ख आफुलाई बैभवशाली ठान्दछ । हो हामीले त्यसलाई अंगिकार गर्याै हिन्दु धर्मले त लोभ , अंहकार रिस , गर्नु हुदैन भन्दछ । त्यो पाप हो भन्दछ , हामी त्यसलाई मान्दैनौं अरुलाई पनि मान्न दिदैनौ । त्यसैले हामीले त्यसलाई मिल्काइ दिने प्रयत्न गरिरह्यौ
यो त हामीले चवार्क सिद्धान्त लिएका न हौ ? ऋण गरेर पनि घिउ पिउ । यही चतुर नीति सिक्नु छ भने कार्यकर्ता बन्न, आउ ।
चेतना भया । अस्तु ।
