एसइइ उतीर्ण बाल विजयी विद्याथीहरु सम्मानित


असार ३०, २०८२, सोमबार | राति ०८:५५ बजे | 70


एसइइ उतीर्ण बाल विजयी विद्याथीहरु सम्मानित

सानोठिमी । युसेप नेपालको व्यवस्थापनमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीमा सञ्चालित बाल प्रभा स्कुलबाट एसइइमा सहभागी भइ उतीर्ण हुन सफल बाल विजयी विद्यार्र्थीहलाई सोमबार स्कुल प्रांगनमा एक कार्यक्रम गरी सम्मान गरेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई सम्मान गरेका हुन् । 
कार्यक्रममा स्कुलकी प्रिन्सिपल राज्यलक्ष्मी श्रेष्ठले स्कुलले मध्यपुर थिमिमै सरकरी स्कुलहरुमध्येबाट सवैभन्दा वढी उत्कृष्ट नतिजा ल्याउन सफल भए पनि स्कुलमा विविध समस्या रहेको सुनाएकी थिइन् । दरवन्दी अनुसार शिक्षकशिक्षिकाहरु नभएको, भौतिक समस्याहरु रहेको, मेच टेबुलकै समस्या रहेको जानकारी उनले गरेकी थिइन् । 
कार्यक्रममा प्रमुख अतिथि प्रमुख श्रेष्ठले नगरपालिकाले आन्तरिक कोटाबाट भए पनि शिक्षक दरवन्दी थप गरिदिने आश्वासन दिए । साथै मेच टेवुलहरुको पनि वन्दोवस्त गरिदिने वचन दिए । 
कार्यक्रम युसेप नेपालका कोषाध्यक्ष कृष्णेश्वरी हाडाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यृृक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, लायन्सका गोकुल प्रजापतिलगायतले उतीर्ण विद्यार्थीहरुलाई बधाइ दिएका थिए । 
यो स्कुल युसेप नेपालको कम्पाउण्डभित्र सञ्चालित छ । यो स्कुलमा कानुनी दायरमा परेका बालबालिकाहरु मात्रै अध्ययन गर्दृछन् । तथापि यो स्कुलले पछिल्लो एसइइ परीक्षामा सम्पूर्ण विद्यार्थी उतीर्ण गराई रेकर्ड कायम गरेको थियो । 
 

Comments