भानु जयन्तीको पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शब्दरोपाईं
असार २९, २०८२, आइतबार | राति ०७:५० बजे | 250
भक्तपुर । उपत्यकामा २१२ औं भानु जयन्तीको चापाचाप माहौल । मानो रोपी मुरी फलाउने महिना असारको रोपाईं भर्खर भर्खर सकिएको अवस्थामा भक्तपुरको एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनको लागि दौडधुप भईरहेको अवस्था ।
सभाकक्षमा वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टा, सर्जकहरूको खचाखच जमघट । एभरेष्ट स्कूलका होनहार शिक्षक, विद्यार्थीहरू पनि शब्दरोपाईं गर्न तम्तयार भइरहेको अवस्था । एभरेष्ट स्कूलको साथ र सहयोग पाई यो अवसर जुटाएको हो भक्तपुर साहित्यिक समाजले । आदिकवि भानुभक्तलाई सभापति बनाई शब्दरोपाईं कार्यक्रम शुरू गर्नु अघि भसासका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन र एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भानुको तस्विरमा फूलमाला लगाएपछि कार्यक्रमको सुरूवात भएको थियो । समाजका कार्यसमिति सदस्य सूर्यलक्ष्मी भोमीले भानुका जिवनी र विविध पक्ष माथि प्रकाश पारे । अनि लामबद्ध भई शब्दरोपाईं गर्न तयार भए शब्दरोपाहारहरू ।
साहित्यका विविध विधाहरू कविता,गीत, गजल, मुक्तक,लघुकथा, आदिको माध्यमबाट समाजका बेथिति, मौलाईरहेको भ्रष्टाचार, अनुशासनहिनता, कानुनको उपहास, शक्तिकेन्द्रहरूको हालिमुहालि आदि माथि कडा व्यङ्ग्य प्रहार गर्दै खबरदारी समेत गरे भने कतिपय स्रष्टाले आफनो सुमधुर स्वरबाट भानुलाई सम्झँदै छन्द कविता वाचन गरे । शब्द रोपाई गर्ने ४३ जना रोपाहारहरूमा क्रमशः नारायण तिवारी (कविता), सुशिला प्रधानाङ्ग (कविता), प्रविण जोशी (कविता), मानिक बाबु ग्वंगः (कविता), काशिराम विरस (गजल), रामशरण न्यौपाने (कविता), गुहेश्वरी शाक्य ( गीत गायन ),सुलोचना सैंजु (लघुकथा), राजेन्द्र चित्रकार (कविता), वसन्त नकर्मी ( कविता ), ईश्वर थोकर (कविता) , अर्चना छुकाँ (कविता), वसन्ति भुजेल (कविता), सुरेन्द्रलाल भुजु ( लघुकथा) , सुरेश राजभण्डारी ( कविता) , ग्रेसी पौडेल (कविता), नर्वदा भुषाल (कविता), विनोद खड्का (कविता), नविन प्रकाश श्रेष्ठ (कविता), तुल्सीहरि प्रजापति (कविता), धनेश राजोपाध्याय (कविता), इभा लम्साल (कविता), मिमला शर्मा (कविता), अनुषा घले (कविता), विभिता घिमिरे (कविता), श्रेणी मानन्धर (कविता), श्री बहादुर के.सी.( कविता), सुरेन्द्र व्याञ्जु (गायन), रूवि पंगेनी (कविता), तपस्या वाग्ले (कविता), कुसुम घिमिरे (मुक्तक), अमर आकाश (कविता), रिचा सुवाल (कविता), सन्देश शाही (कविता), स्नेहा खनाल (कविता), योगी स्यस्य (कविता), विनिता पोखरेल ( कविता), सुयषि मोक्तान (कविता), दीपशिखा थापा (कविता), दीवश्री ढुङ्गाना (कविता), आरूषि धमला (कविता) , आरध्या भुजु( कविता) र धनकुमार श्रेष्ठ (पठन संस्कृति) रहेका छन् । शब्द रोपाईंको बीचबीचमा रोपाहरहरूलाई मनोरन्जन प्रदान गर्न संस्कृतिविद् हरिशरण शर्मा राजोपाध्यायले दही च्युराको संस्कृतिको आवश्यकता र महत्वबारे प्रकाश पार्नुका साथै युवा सचन मल्लले मीठो बाँसुरीको धुन सुनाएर सबैलाई मन्त्रमुग्घ पारेका थिए । भसासको नियमित घुमन्ते श्रृङ्खलाको ७७ औं संस्करणको रूपमा असारे दहि च्युराको स्वादमा रमाउँदै सम्पन्न भएको उक्त कार्यक्रमलाई एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भसाससंग मिलेर शब्द रोपाई गर्न पाएकोमा खुशि व्यक्त गर्दै यस्तो किसिमको साहित्यिक माहालले स्कूलका बालबालिकाहरूमा साहित्यिक स्तरोन्नतिमा थप उर्जा प्रदान हुने बताउनुभयो । त्यसैगरी स्कूलका शिक्षिका नर्वदा भुषालले सबैको सामुहिक प्रयासबाट शब्द रोपाई सम्पन्न भएको बताउनुभयो । भसासका अध्यक्ष राजुराम मुनंकर्मीले समाजले आफ्नो २५ औं रजत महोत्सवका अवसरमा भईरहेका गतिविधि बारे चर्चा गर्नुहुँदै कार्यक्रमलाई निरन्तर रूपमा चलाउँदै जाने र सोको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । साथै भसासको तर्फबाट कार्यक्रमको राम्रो व्यवस्थापनको लागि एभरेष्ट स्कूललाई कदर पत्र प्रदान गरिएको थियो ।
