यमलोकको यात्राबारे भक्तपुरमा चर्चा
असार २८, २०८२, शनिबार | राति ०७:५६ बजे | 530
भक्तपुर । भक्तपुरका श्रीराम खाइजूद्धारा लिखित यमलोकको यात्रा पुस्कतबारे शुक्रबार भक्तपुरमा परिचर्चा गरिएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनाक भक्तपुरमा भएको कार्यक्रममा विभिन्न राजनीतिक तथा अन्य व्यक्तित्वहरुले पुस्तकबारे चर्चा गरे ।
बागमती प्रदेशका सांसद देवेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका नेता डिपी ढकाललगायतले पुस्तक तथा तत्कालिन जनयुद्धबारे सम्झना गरे । कार्र्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरुले साहित्व पनि वाचन गरेका थिए ।
तत्कालिन जनयुद्धमा लागेका खाइजूले आफनो अनुभबहरु समेटिएको पुस्तक यमलोकका योत्रा लेखका थिए । द्धन्द्धकालमा समातिएका खाइजूले जेल जीवन विताएका थिए ।
यसअघि नै प्रकाशित पुस्तकबारे चर्चा गरिएको हो ।
