‎मञ्जुश्रीमा भानुजयन्ती सम्पन्न


असार २७, २०८२, शुक्रबार | राति १०:१३ बजे | 125


‎मञ्जुश्रीमा भानुजयन्ती सम्पन्न

 ‎मञजुश्री साहित्य समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा मञ्जुश्री साहित्य समाजको उनासिअ‍ौं रचनावाचन शृङ्खला आज भानुजयन्ती विशेषका रूपमा सम्पन्न भएको छ । प्रमुख आमन्त्रित नेपाली शिक्षा परिषद् का अध्यक्ष रमा शर्मा रहनुभएको यस कार्यक्रममा उहाँले" भोकी मैली निन्याउरी न त कपाल् कोर्याकी... " रामायणको श्लोक वाचनबाट शुरु गरेर आफ्नो मन्तव्यमा भानुभक्त बनारस,आसाम,सिक्किम यात्रापछि काठमाडौं आएका ,रामायण लेखेर भाषिक एकीकरण गरेको,नेपाली  शिक्षा परिषद्ले २०१० सालदेखि  निरन्तर भानुजयन्ती मनाइरहेको आदि प्रसङ्ग उल्लेख गर्नुभयो । विशेष आमन्त्रितहरू- महाकाव्यकार पुरुषोत्तम सिग्देल ,कविवर जगदीश्वर पोखरेल  हुनुहुन्थ्यो । संस्थाका सदस्य वीरबहादुर लोहनीद्वारा सञ्चालित यस भर्चुअल कार्यक्रममा सञ्चालकद्वारा स्वागतार्थ एक पद्य लोकशैलीमा प्रस्तुत गरेर कार्यक्रमको ढोका खोल्नुभएको थियो । त्यसपछिआदिकवि भानुभक्तको २१२ अ‍ौं जयन्तिको सन्दर्भमा भानुभक्तप्रति श्रद्धार्पण सहितको टेकबहादुर लौडारीद्वारा ‘चुँदी रम्घाको सेरोफेरो’ सुधा बाँसकोटा ढकाल श्रद्धा पुष्पार्पण,बालकृष्ण सुवेदी-"भानु साहित्यका किरण"खोलाघरे साहिंलो -"भानुभक्तप्रति"जगदीश्वर पोखरेल-"भानु" सुरेशचन्द्र घिमिरे -"एकडाली कोपिला" दुर्गा अधिकारी भँमरकोटे-"भानुश्रद्धाका १० सुसेलीहरू ‎गणेश आत्रेय-"भानु सच्चा उदायौ" चन्द्रा नेउपाने-भानुश्रद्धाका पाँचवटा सुसेलीहरु गङ्गा लिगल-" घाँसी बोल्छ" ‎दुष्यन्त भट्टराई -"भानु" पुरुषोत्तम सिग्देल -"घाँसी र भानु" वीरबहादुर लोहनी-" आदिकवि भानुमा सम्झना" र डा. बमबहादुर थापा जिताली-" नेपाली भाषाका भानु" शीर्षकीय रचना वाचन गरिएका थिए । ‎भर्चुअल कार्यक्रममा वाचित रचनाहरूको लघुसमीक्षा खोलाघरे साहिंलाबाट भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बमबहादुर थापा जितालीले सबैलाई हार्दिक  धन्यवाद दिंदै सभा समापन भएको घोषणा गर्नुभयो  ।

Comments