ए त्यो बुझ्नेले सबै बुझ्यो अ नबुझ्नेले केही बुझेन


असार २७, २०८२, शुक्रबार | दिउँसो १२:०३ बजे | 225


ए त्यो बुझ्नेले सबै बुझ्यो अ नबुझ्नेले केही बुझेन

यज्ञबहादुर कार्की 
गुण्डु भक्तपुर
कहाँ लोकतन्त्रमा भ्रष्टाचार भयो भनेर कराइरहेछन । बुद्धिहिन बुद्धिहिन । कहाँ अनियमितता भयो भनेर लेखिरहेछन पत्रकारहरु । यति विधि चिट्ठा पर्न आएको सत्ता सुखमा त्यो भन्न मिल्छ ? हामी जे गरिरहेछौ ठिक गरिरहेछौ । विश्वले हामीले ठिक गरेनौ भनिहाल्दथ्थो र खै बुझेका कुरा । हामी जे गर्दछौ त्यहिँ कानुन हो । बुझे हुन्छ । नत्र हामीसंग भएको सत्ताको अपरम्पार शक्तिको अर्थ ? सान शौगातको के अर्थ  ? यी सब हैन त ? हामीले त आइरन कट्स आइरन बनाइसकेका छौ नि । थाह छैन ती बुद्दुहरुलाई । हामी उनीहरुका सत्यतथ्य कुरालाई हावादारी भनी दिन्छौ । मानीहाल्दछन हाम्रा जथ्थाहरुले । हामी मानीसहरु (हाम्रा नागरिकहरुलाई) छु मंन्त्रर गरेर जे पनि बनाइदिन सक्दछौ । भेडा, गाई, बाख्रा सबै ।
फेरि यो झिनोमसिनो बिराध आयो कहाँबाट ? अलिकति त्यतापट्टी दृस्ठि पुगेन की ? लडे हुन्छ तीनीहरुसंग, बाधले झम्टे झै झम्टनु तीनीहरु, प्रशासन हाम्रो छैन र ? कानुनको कार्यान्वयन गर्ने हाम्रा  मानीसहरु छैनन र? हैन भने षडयन्त्र रचे केही ? लगाई देवो झुठ्ठा आरोपको के गर्न सक्दछन हेरौ ।
यत्राविधि कृषि कार्यमा चुनौती पुर्ण कार्य गरेर आत्मनिर्भर बनाई सक्यौ संसारले देखिसकेको छ । ती कहाँबाट आए कृषिमा सुधार हुन सकेन भन्ने मुर्खहरु ? एउटै गाँउमा पुग्ने जमिन, जगल ,खाला नाला जोती जोती पाँचबटा बाटो बनाईसकेका छौ । फेरि बिकास नै भएन भन्ने बिरोधीहरु ? यसैले गर्दा लिभिङ्ग बढेका थाहैन गवाँरहरुलाई, खै के कानुन खोतल त यिनीहरुलाई छाडन भएन । जनता भाँडने यीनीहरुलाई पंगु नबानाई हुदैन । साम, दान, दण्ड ,भेद  कुन उर्पयुकत्त हुन्छ हेर ।
केही लागेन भने हाम्रो पनि दृस्ठि पुगेन छ वार्तामा वसौ न भन, साझेदार भैहाल्दछ कि । फेरि कताबाट उठाईरहलान र काण्डै, काण्ड ? के जाला जनतामा शन्देश छलछामको हामीलाई त्यति चिन्तै छैन ,चिन्ता त विदेशीले गम्भीर तहले हेर्लान भन्ने पो छ ? यदि ठुलै बिरोध पुग्न गयो भने तुरुन्त छानबिन आयोग गठन गरि दिँउला  हुन्न र । आयोग हामीले बनाएको हो के कारबाहि गर्छ र हामीलाई धुमाउने कुर्सीको शक्ति र रहस्य उसले नबुझ्ने हुदैन ।
अहो जनतामा जान, बिकास प्रतिवेदन, फेरि मिसन ८४ कहाँ कसमा जान्छ र ?  धेरै नै कमजोर भए गरौला गठबन्धन सिद्धान्तको के मतलव ? बढी लेख्छ कोई ईलोक्टोक मिडीयामा भने साईवर कानुन आकर्षित गराउ । लगाउ मुद्दा त्यसैको लागि त यत्रो लगानी र पल्ट रचिएको के थाह ती बुद्दुलाई ? 
पहिले सेटिङ्ग पनि मिलाउनु पर्दछ । बलत्कारको धटना धटाउनु पर्दछ या दुर्घटनाको चाँजोपाँजो मिलाउनु पर्दछ । अनि त त्यस्ता बिराधीहरका मुखाम कालो पोतिने वा एकै पटक सफाया हुने भैहाल्यो नी 
नबजे वाँस नबजे बाँसुरी । हाई संञ्चो  ।
क्रमश..

Comments