सुखदुःख थाहा पाएको भए पो ..


असार २७, २०८२, शुक्रबार | विहान ०९:१८ बजे | 205


सुखदुःख थाहा पाएको भए पो ..

कुमार लघु, ख्वप 
नमस्कार भाइ बहिनीहरू एवम् शुभ विहानी 
            मेरो विचारमा विगतसालमा एसइइको परीक्षाफल पाएकाहरूले निश्चय नै आफूले सेलेक्ट गरेको विषयमा कलेज ज्वाईन गरिसकेको हुनुपर्छ । सबैलाई एसइइ पास गर्नुभएकोमा बधाई धन्यवाद,
            कलेज क्याम्पस भर्ना गरेको भाइबहिनीहरूले क्याम्पसमा गएर असल र राम्रोसित अध्ययन र पठन सस्कृतिलाई सविस्तार गर्नुस् भनेर मैले कलेज, क्याम्पस अध्धयन गरिरहेका अध्ययन सस्कृतिलाई गम्भिर तवर अगाडि वढाउन सल्लाह दिन खोजेको हुँ । 
                 यो आधुनिक जमानामा अध्ययनमा सिपालु त हुनै पर्छ साथै शिक्षासंगसंगै हातमा शिक्षाको साथ हातेसिप पनि हुुनु जरूरी छ । शिक्षाको साथै विहान बेलुका टाईम म्यानेज गरेर हातेसिपको पनि तालिम लिइ हाल्नुस् । किनकी सानोतिनो तालिमको सीप सिकेर पढाइ खर्च जोड्न सकिन्छ । समयमै यो उमेरमा सिट्टै पठाउनु छैन् । कक्षाको शिपले पछि टोलाउनु पर्ने समय हामीमा नआओस् ।  दिउँसो वा विहान वेलुका पढ्ने एक समय निकालेर सानो तिनो जब नगरि हुन्न् जतिसुकै धनाध्यका सन्तानले पनि काम त गरेर दुई, चार हजार वा आम्दानी गर्नै पर्छ । हामी विध्यार्थीले खालि आमा बुबा दाइ र दिदीको आम्दानीले पढौला भनेर मनमा नलिनुस् । पढ्दा पढ्दै जब खोज्नुस् ।  तपाईले भोलि पढी सकेर जबमा त लाग्नै पर्छ । पढेर पास गरेपछि कुन न कुनै त काम गर्नैपर्छ । 
            भाइ बहिनीहरू अमेरिकाको राष्ट्पति एकजना बाराक ओबामा कालाजातीका व्यक्तिले अमेरिकामा चुनाव जिते ५ वर्षसम्म राष्ट्पति भएर देशको शासन चलाए । उ छिट्टो छरिटो र कुनै काममा सिपालु थियो । पदावधि सकेपछि कामवाट छुट्टि लियो । केहि दिन पछि नै ऊ फेरि होटेलमा काम गर्न र गरिरहेको टेलिभिजनमा देखाएको थियो । हामी काममा पनि र आफ्नो पढाईमा पनि निपुण हुनुपर्छ । समय खेर फाल्नु हुन्दैन् । म फेरि भन्छु समय फर्केर आउने छैन् । लौ भनौ कलेज लाईफ सकेर तिमी तपाईं विदेश गयौ ल काम गर्नलाई हो नि त । त्यसैले भने हातमा सीप र भाषा तालिम सिकिराख्नु पर्छ । तपाईको विषयसित सम्वधित विषयकोमा नै तालिम अग्रिम लिई हाल्नुस् । तालिम लिएपछि त तपाईं तिमीलाई गौरव महसूस गर्ने अवसर सजिलै प्राप्त हुनेछ । समय लाग्ला समय त फट्टाफट पास भैहाल्छन् ।
तपाईलाई मासिक रूपमा कम्तिमा पनि १५,००,०००÷ को जब आवश्यक छ। नपाउने केही छैन् । यो समय हात बाँधेर वस्ने वेला होईन् मेहनत गर्ने समय हो । समय प्रवन्ध गर्न सक्नु पर्छ । एक समय कठिन विषयमा पनि ट्युशन जानुपर्छ । ट्युशन जानलाई ढिला गर्न नि हुन्दैन् । तपाईं कता वस्नु हुन्छ । तपाई कतै वस्दा मीठो बोली,समूदायसित र समाजसित नजिक भएर वस्नुस् ।छरछिमेकका स साना वालवालिकाहरूलाई ट्युशन पढाइ पनि आम्दानी गर्न सकिन्छ । कसरी वेलुका खेर समय मिलाउने र सम्पर्क गर्न आफै हिड्ने हो । यो देशमा कति भ्रटाचारीहरू छन् । जनताहरूसित नजिक छन् जनताको पनि काम गरेका छन्  खोइ स्थानीय जनताले विरोध गर्न सकेका छैन् । त्यही भ्रष्टाचारीहरूलाई जिताई पठाएका छन् । खान्छन् पनि जनताको काम पनि गरेकाछन् । म तपाईको स साना नानीहरूलाई पढाइ दिन्छु भनेर छिमेकी काका काकीका छोराछोरीहरूलाई साथी वनाउनुस्।  घर चिनेर थोरै मासिक अरूले भन्दा कम्ती लिएर पढाउनुस् । तपाईलाई एकमहिना अलि अप्थारो पर्न सक्छ । बिस्तारै समस्या समाधान  हुन्दै जानेछ । 
          कक्षामा पनि आफू दैनिक गई रहनुपर्छ । असल साथीहरूको संगत गर्नुपर्छ । देशभक्त भएर देश विदेशको राजनीतिक उथलपुथलको किताब पढेर राजनैतिक ज्ञान पनि लिनुपर्छ । जब तिमीले र तपाईले म त अब पढ्छु मात्र भनेर लाग्नु भयो भन्ने तपाईंलाई पूँजिवादी शोषकहरूले शोषण गर्ने छ । यो नेपालमा बहुदलको वन्दोवस्त भएकोले पार्टीमा पनि लाग्नु पर्छ । कलेजको हित समितिमा लाग्ने हो । 
        आज भाइ बहिनीहरूलाई मैले देखेको भोगेको र अनुभव  शेयर गरेको हुँ । संसारमा हुने भएको भैरहेको विषयमा केही ज्ञान ओकले हुन्छ त अध्ययन गर्नुस्। तपाईलाई कस्तो लाग्छ आफ्ना साथीलाई पनि शेयर गर्नुस् । कमेन्ट लेख्नुस् ।
२०८२÷०३÷२७ भक्तपुर ९८६०२४१२५६

Comments