कुन कलेज गइन् गोमा ? दुर्लभ भन्छन्, मैले पढाउँंछु भनेको मीनबहादुरले लगे


असार २६, २०८२, बिहीबार | राति १०:०० बजे | 2055


कुन कलेज गइन् गोमा ? दुर्लभ भन्छन्, मैले पढाउँंछु भनेको मीनबहादुरले लगे

भक्तपुर । इटाभटामा मजदुरीको काम गरेर पनि चार जिपिए ल्याउन सफल भक्तपुरकी छात्रा गोमा श्रेष्ठ कुन कलेजमा भर्ना भइन् धेरैको जिज्ञासा हुनसक्छ । गोमालाई नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र न २ का सांसद् दुर्लभ थापाले कक्षा ११ र १२ निःशुल्क पढाइदिने सार्वजनिक घोषणा गरेका थिए । त्यसपछि त्यही दिन गोमालाई साँंसद् थापासहित काठमाडौं तीनकुनेस्थित नासा इन्टरनेशनल कलेजमा पुरयाइएको तस्वीर सार्वजनिक भएको थियो । 
यो घटनाक्रमपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुगले एमवीवीएससम्मै गोमालाई पढाइदिने घोषणा गरेको सार्वजनिक भएको थियो । यी सव घटनापछि गोमा कहाँं भर्ना भइन् त ? धेरैको जिज्ञासा छ निश्चय नै । 
गोमाकोबारेमा सोधखोज गर्दै जाँंदा गोमाले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि देकोचामा पनि पहिलो सिफ्टमा विज्ञान संकायमा भर्नाका लागि प्रवेश परीक्षा दिएको पता लाग्यो । तर त्यहाँं पनि भर्ना नभइ गएको सूचना प्राप्त भयो । त्यसपछि त्यहाँंबाट भक्तपुरकै सूर्यविनायक गुण्डूस्थित काठमाडौं वल्र्ड स्कुलमा तानेको पनि खवर प्राप्त भयो । 
यही विचमा विहीबार भक्तपुरमा भएको एउटा कार्यक्रममा प्रमुख अतिथि दुर्लभ थापाले आफूले कक्षा ११ र १२ निःशुल्क पढाइदिने भनेको तर गोमालार्ई भाटभटेनीका सञ्चालक मीनबहादुरले उडाइदिएको बताए । त्यसपछि त्यही कार्यक्रममा भेटिएकी गोमाले एवीसीडी खवरसँंगको संक्षिप्त कुराकानीमा भनिन्, सेन्ट जेभियर्स काठमाडौ र एसओएस भक्तपुर दुईवटामा प्रयास गरिरहेकी छु । 
 

Comments