भक्तपुरका चार जिपिए विद्यार्थीहरु सम्मानित


असार २६, २०८२, बिहीबार | दिउँसो ०१:०९ बजे | 825


भक्तपुरका चार जिपिए विद्यार्थीहरु सम्मानित

भक्तपुर । विक्रम संवत् २०८१ को एसइइ परीक्षामा भक्तपुर जिल्लाबाट चार जिपिए प्राप्त गर्न सफल विद्यालय र विद्यार्थीहरुलाई विहीबार बधाई तथा सम्मान कार्यक्रम २०८२ सम्पन्न भएको छ । नेपाल प्रेस सोसाइटीको पहिलो वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा विद्यालय सम्मानित भएका हुन् । उनीहरुलाई नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सांसद् दुलर्भ थापालगायतले सम्मान गरेका हुन् । 
कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजा, माओवादी केन्द्रका भक्तपुर संयोजक सुनिल बासुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो । 
पछिल्लो एसइइमा भक्तपुरबाट ३० जना विद्यार्थीले चार जिपिए ल्याएका थिए । 
 

Comments