मौखिक गर्भनिरोधक चक्कीबारे फैलिएका भ्रम र यथार्थ: महिलाले जान्नैपर्ने तथ्यहरू


असार २४, २०८२, मङ्गलबार | साँझ ०६:४९ बजे | 370


मौखिक गर्भनिरोधक चक्कीबारे फैलिएका भ्रम र यथार्थ: महिलाले जान्नैपर्ने तथ्यहरू

मौखिक गर्भनिरोधक चक्की (oral contraceptive pills) महिलाहरूले गर्भनिरोधका लागि लामो समयदेखि प्रयोग गर्दै आएका प्रभावकारी साधन हुन्। तर, यसको प्रयोगबारे अझै धेरै महिलाहरू भ्रममा पर्ने गरेका छन्। नियमित रूपमा चक्की सेवन नगर्दा के हुन्छ? खैरो चक्की नखाँदा महिनावारी आउँदैन? यस्ता जिज्ञासाहरूले महिलाहरूमा द्विविधा पैदा गरिरहेको छ।

यस्ता भ्रमले महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउन सक्छ। त्यसैले मौखिक गर्भनिरोधक चक्कीको सही प्रयोगबारे स्पष्ट जानकारी हुनु अत्यावश्यक छ।

चक्की छुट्यो भने फेरि सुरु गर्नुपर्छ भन्ने भ्रम

धेरै महिलाहरूमा यस्तो धारणा पाइन्छ कि यदि कुनै दिन मौखिक गर्भनिरोधक चक्की लिन छुट्यो भने उनीहरूले पूरै चक्र फेरि सुरु गर्नुपर्छ। तर यो सही होइन।

 यदि एक दिन चक्की खान छुट्यो भने, अर्को दिन दुई चक्की लिन सकिन्छ। तर, दुई वा दुई दिनभन्दा बढी छुट्यो भने, सम्झिएपछि दोहोरो खुराक लिनुपर्छ  गर्भधारण रोक्नका लागि आपतकालीन गर्भनिरोधक चक्की प्रयोग गर्नुपर्छ।

यसका साथै, चक्की फेरि नियमित रूपमा लिन सुरु गर्नुपर्ने हुन्छ। यस्ता अवस्थामा स्वास्थ्यकर्मीको परामर्श लिनु पनि उत्तम हुन्छ।

iron supplements खैरो चक्कीबारे गलत धारणा

अर्को सामान्य भ्रम भनेको चक्रको अन्त्यमा दिइने खैरो रंगको चक्की नखाए महिनावारी आउँदैन भन्ने हो। धेरैजसो महिलाले यी चक्की बेवास्ता गर्छन्, जुन व्यवहार गलत हो।

खैरो चक्कीहरू प्रायः फलामयुक्त (iron supplements) हुन्छन्, जसले महिनावारी समयमा शरीरको फलामको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ। महिनावारीको प्रकृयासँग तिनीहरूको प्रत्यक्ष सम्बन्ध हुँदैन।

यी चक्की नखाँदा महिनावारी रोकिन्छ भन्ने सोच बिल्कुलै गलत हो  यी चक्कीहरू महिनावारी रोक्ने होइन, शरीरमा रगतको मात्रा सन्तुलनमा राख्ने उद्देश्यले दिइन्छन्।

सावधानी  सुझाव

  • चक्की नियमित समयमा लिन बिर्सिने समस्या भए मोबाइल रिमाइन्डर वा दैनिक दैनिकीमा राख्न सकिने उपाय प्रयोग गर्न सकिन्छ।
  • स्वास्थ्यकर्मीको सल्लाहबिना चक्की अचानक रोक्नु हुँदैन।
  • यदि चक्की लिँदा कुनै साइड इफेक्ट देखा परेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।

निष्कर्ष

महिलाहरूले गर्भनिरोधक चक्की प्रयोग गर्दा सही जानकारी  सावधानी अपनाउनु अत्यावश्यक छ। यस्ता साना देखिने तर महत्त्वपूर्ण जानकारीले अनावश्यक गर्भधारण रोक्न  महिला स्वास्थ्य सुदृढ बनाउन ठूलो भूमिका खेल्न सक्छ।

Kanchan kisi (B.pharmacy)

 

Comments