राष्ट्रिय प्राणी उद्यान आफै सजग हुनु बेस्


असार २३, २०८२, सोमबार | विहान ११:४२ बजे | 270


राष्ट्रिय प्राणी उद्यान आफै सजग हुनु बेस्

यज्ञबहादुर कार्की
नेपालमा लोकतन्त्र भने पनि यति धेरै प्रश्न र बिबाद कुनै मुलुकमा ब्यबस्था माथि उठेको छ र ? सारा नेपालीलाई बितृष्णा र असन्तुष्टि देखिएको छ नै । यो म एक जनाको असन्तुष्टि र बितृष्णा बिषय नै हैन । म जे छु, सन्तुष्ट छु । मेरो कानुनमा अध्ययन छ । तर मैले नेपालको न्याय प्रदानमा भएका त्रुटिपूर्ण बिषयमा लेख्ने गरेकै छु । पत्रकारीताका विषयमा अध्ययन र व्यवहारमा पनि भिजेको धेरै बर्ष भईसकेको छ ।
सम्मवतः मैले राजनीतिमा पनि पाईला बढाएकै छु । भलै जनताले मलाई नरुचाए पनि मैले जनहितमै धेरै काम गरेका प्रमाणहरु मसंग ऐथेष्ट छन । म बिकाउ बुद्धिजीवीामा नपरेको हुदा यस्ता बुद्धिजीवीहरुले धेरै मात्रामा मलाई अनावश्यक दुःख दिएका पनि छन तर म तीनीहरुप्रति पुर्वाग्रह पनि छैन । यी सब मेरो आत्मरति वा बखान पटक्कै होइन, न म स्व धोषित प्रचारक नै हुँ । 
हाल म बि .पि .को समाजवादका लक्ष्यलाई मुर्त रुप दिने बिज्ञहरुका संस्थाको केन्द्रीय कारकारणी सदस्य छु । बिगतमा त्यस संस्थाबाट  देशका हर क्षेत्रका बिज्ञ राखेर वल्ड ट्रेड सेन्टरमा विभिन्न कार्यक्रम चलाएको पनि हो । आगामी श्रावण ६ मा बि .पि. जन्म जयन्तीको सन्दर्भमा र ७ गते पुष्पलालको कार्यक्रम पनि परेकोले श्रावण ८ गते भव् बि.पी कार्यक्रमको आयोजना गरि नेपालमा किन सुशासन हुन सकेन र ब्याप्त भ्रष्टाचार किन हुन गयो ? कारण के हो ? र निवारण के के छन ? भन्ने बिषयमा बृहत्त छलफल र संवाद गरिने तय भइसकेको छ । त्यसमै म सवै कुरा हर क्षेत्रका बिज्ञको भेलामा प्रश्न उत्तर गर्ने तयारीमा छु । तसर्थ गुण्डु मेरो जन्मस्थान भए पनि केही केही राम्रा नराम्रा पक्षमा पहिलो पटक लेखेकोमा बिबाद र बैमनस्य उठाउनेहरुप्रति मेरो कुनै टिप्पणी छैन । तर आम वडाबासीहरुलाई थाहा भएको र भोगेको कुरामा मैले किन खोतलीरहनु पर्याे र ? 
राष्ट्रिय प्राणी उध्यानको क्षेत्राधिकार के ? तलव खानेले जवाफदेहिता व्योहर्नु पर्छ या पर्दैन ? मैले जवाफ दिइरहनु पर्ने कि उसले ? कर्तव्यबोध कसको ? जनताप्रती उत्तरदायित्व कसको ? प्रदुषण रोक्ने कसले ? वातावरण स्वच्छ बनाउने कसले लिने ? जनताले त निकाएलाई सहयोग गर्ने मात्र हो । के भै रहेछ ? के हुनु पर्ने हो ? मैले भन्नू पर्ने ? राजनैतिक ऐजेण्डा लिएर लडनेको के मैले वडाका पदाधिकारी पाएको छु र ? खाने पिउने रामे, चोट पाउने चामे नीति लिने कतिपय नेताहरुकाको दोहरो चरित्र ।
अब पनि जनताले नबुझ्ने भन्ने कुरै हुदैन । मंन्थलिमा कति बिकास भयो हेर्न आए भैहाल्यो । कहाँ छ समानुपातिक बिकाश ? भन्न पाइने कि नपाईने ? सरकारको कामको आलोचना गर्न पाइन्छ कि पाइन्न ? कि मानहानी हुन्छ कसैको यसले ? तर यहाँ त राजावादीहरुले व्यबस्थै खराव भन्ने नै आवाज उठाइसके उदाहरण छैन र ? कैयन गीत श्लोक वनाएकै छन । के भन्दछौ तिमीहरु ? मेरो उचष्टीकरण सोधाई तिमीहरुलाई ? भ्रष्टाचार भएकोमा भ्रष्टाचार भन्दछन जनताहरु तर नभएकोमा भयो भनेर आक्षेप लगाउनु ठुलो मुर्खता बेईमानी हो । हामी ठुला पार्टीका कार्यकर्ताहरु भनाँउदाहरु ले जे पनि गर्ने अनि अरुले चाहिँ ठिक भनिदिनुपर्ने ? वा गजव ।
आबश्यक परेमा र ठाउँमा नै सवै कुरा खुलाउँला ?
लेख्ने अधिकार हो, लेखेकोमा खेद छैन । भन्नेले जे भन्दै गरून् । 
अस्तु । 

Comments