सोचमा परिवर्तन ल्याउनु छ..
असार २१, २०८२, शनिबार | दिउँसो १२:५९ बजे | 150
कुमार लघु, भक्तपुर
दुःखको वेलामा दुःख मनाऊ गरेर शरिर बिगार्नु हुदैन । दुःखको बेलामा दुःखलाई बदलेर विचार र मनलाई फराकिलो दायरामा लग्नुपर्छ । दुःख मनाऊ गरेर वस्नु भनेको पुरानो संस्कार हो । पुरानो संस्कारलाई परिमार्जन गर्दै अगि वढ्ने बानीको विकास गर्नपर्छ । संसारवाट विदा लिनेले विदा लिई गयो । दुःख हामीलाई विसाई गयो । दुःख भनेको लिने र दुःख मनाउ गरेर वस्नु भनेको रोग लिने हो । हामी स्वस्थ हुनु छ । स्वास्थ हुन त यताउता डुल्ने हो । डुल्दाखेरी मनलाई शान्त र स्वच्छ पार्ने ठाउँमा आश्रय लिने हो । दुःख लिने कुरा राम्रो होइन है मेरा आफन्तहरू विचार गर्नुस् । के हामीले यस्तो विचार गर्ने होईन त ? होला पक्कै विचार परिवर्तन गर्ने होला । जानेलाई कसैले रोक्न सक्दैन । म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु । दुःख लिन कोही पनि तयार हुनु हुदैन हो । दुःख नआवस् भनेर भविष्य सुन्दर वनाउने हामीले रोग पालेर दुःख पाल्ने होइन सुख देखाउनु अनि सुख उपभोग गर्न मनसाय बनाउनु पर्छ । मानविय क्षेत्रमा लागेका मानव अधिकारवादीहरूले जनतालाई सुसज्जित गर्नु पर्ने समय हो । वाच्नेहरू पनि मर्नुवाट टाढा हुनु छ । हाम्रो श्रध्दा भावहरू भाइ र भाइको परिवारमा छदैछ । मेरो परिवारले आधुनिक ढंङ्गले सोच विचारमा पैदल पाइला चाल्नुपर्छ ।
भाइबहिनीहरू संसार अरू मौकामा सुख उपभोग गरौला गर्ने भनेर बस्ने वेला छैन । संस्कार रितीथिती वचाई राख्नुपर्छ । हामीलाई यस्तो गरेन, उस्तो गरेन भन्नेहरू पुरातन सोचको हो । पुरानो संस्कारलाई हामीले बदलेर लग्ने हो । शरिरले नथाम्ने गरि रूनु कराउनु हुदैन । कुनै पनि प्रकृया गर्नु हुदैन् । जिवनलाई तन्दुरूष्ट राख्नु पर्छ । हेर्नुस जंङ्क फुड्हरू खानु हुदैन । चिफस् र च वाट आउने जस्तो चिगम चकलेट, चाऊचाऊ आदि खानु पिउनु हुदैन् । भाइ बहिनीहरू हामीले घरको खाजा पोषिलो र ताजा खानु पर्छ । घरमा आमा बुबा बजैले चुलो चौकामा तयार गरेको खाजा नै हाम्रो जिवनको लागि पोषिलो लाग्यो । जीवन त धेरै लामो यात्रा गर्नु छ। समग्र रूपमा खाना स्वच्छ र पोषिलो खाने गरौ । सजिलो भन्दैमा अर्काले तयार पारेको खाना नखाऔ । आफ्नै घरमा खाजा खाने गर्नाले शरीर स्वस्थ नै आसा गर्न सकिन्छ। जिवनमा रोग लिएर यात्रा गर्नु भन्दा निरोगी भएर संसारमा जिऊने नै माहनता हो। जीवन स्वच्छ राख्न सफा नून कम पानी ठिकको पिउने गरौ । नून र चिनीको वढि सेवनले प्रेसर र सुगर वढ्छ । शारिरीक व्यायाम पनि गर्न पर्छ । चिन्ताले मानिसलाई सुकाउँछ । त्यसैले कसैले पनि चिन्ता वढि नगरौ । आनन्दले जीवन याप्न गरौ । रोग लाग्यो कि पनि फसाद पर्छ । हामीले अध्ययन गर्न जोड्न दिनु पर्छ । अध्ययनले नै मानिसलाई जिवनमा केही गर्न उत्साह दिई राख्दो रहेछ ।
अन्तमा आजलाई भाईहरू सित बसि यति कुराकानी गरि विदा मागे धन्यवाद पढ्न नछुटाउनु होलादपढेर शेयर गर्नु होला । नमस्कार
