सूर्यविनायक नगरपालिका किन र कसका लागि ?
असार २१, २०८२, शनिबार | दिउँसो १२:२३ बजे | 955
यज्ञबहादुर कार्की
भक्तपुरको सूर्यबिनायक नगरपालीका अन्तर्गत वडा नं ७ को सन्दर्भमा केही विशेष जानकारी सबैमा सम्प्रेसन गर्न चाहन्छु । बिशेश यो वडा सांसद भैसकेका महेश वस्नेतजीको गृह वडा पनि हो । तर यहाँ बिकाशका नाउँमा धेरै भेदभाव गरिएको छ ।
प्राणी उध्यायनका सन्दर्भमा चाहिँ ठुलो राजनैतिक सेटिङ्ग भैरहेको छ । किनकी मेघा प्रोजेक्ट अन्तरगतको ठुलो धनरासी लगानी हुने त्यो प्राणी उध्यान भएको बिषयको हुदा अहिलेदेखि ततसम्बन्धी उसको गिददे नजर परेकोमा आश्चर्य चकित हुनु पर्दैन । वडा सचिव पनि आफ्नो पक्षको ल्याउनु र भने मुताबिक आँखा चिम्लन लाउनु हो कि ? शंका उब्जिएको छ । अहिले अनियमितता भएकोमा ध्यान नपु¥याउनु पछि आफ्नो सरकार आएमा मिलाीमतो गरी मिलाउनु र बिपक्षीको सरकार आएमा चाहिँ यही बिषय उठान गरेर बखेडा उत्पन्न गराउने उसको भित्री गलत उदेश्य हो कि अनुमान गरिन सकिन्छ । यसर्थ, आफ्ना आसेपासेहरुलाई बिकासका नाउमा काम दिई कमाउ प्रबृतीमा राख्ने उसको लक्ष्यलाई जनताले बेलैमा बुझ्नु जरुरी भै सचेतता अपनाउनु श्रेयकर हुन्छ । अन्यथा हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । सचेत भए बेस हुन्थ्यो कि बिकाऊ जति जनता । अस्तु ।
