हिमाल कलेजको पहिलो चरणको छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, दोस्रो चरणको तयारीमा कलेज


असार २०, २०८२, शुक्रबार | विहान ०७:०३ बजे | 270


हिमाल कलेजको पहिलो चरणको छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, दोस्रो चरणको तयारीमा कलेज

पोखरा – व्यावसायिक र व्यवहारिक शिक्षामा अग्रसर हिमाल कलेज अफ म्यानेजमेन्टले हालै सम्पन्न गरेको पहिलो चरणको छात्रवृत्ति प्रवेश परीक्षाबाट व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स रोजाइमा परेका ४५७ सहभागीमध्ये १२ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति र १५ जना विद्यार्थीले आंशिक छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।

उक्त छात्रवृत्ति परीक्षा कलेजले , आत्मविश्वास, सामान्य सैद्धान्तिक ज्ञान तथा व्यावसायिक क्षमताको मूल्यांकन गर्दै भविष्यमा सक्षम नेतृत्व तयार पार्ने उद्देश्यका साथ सञ्चालन गरेको थियो। पहिलो चरणको सफलता पछि कलेजले दोस्रो चरणको छात्रवृत्ति प्रवेश परीक्षाको तयारी थालेको जनाएको छ।

अभिभावक र विद्यार्थीको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको कलेज प्रशासनको भनाइ छ। कलेजले "पढौं, देखौं र कमाऔं" भन्ने अवधारणालाई व्यवहारमा उतार्दै व्यावहारिक शिक्षामा विशेष ध्यान दिइरहेको छ।

छात्रवृत्तिमा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई दोस्रो चरणको प्रवेश परीक्षा अवश्य अवसर हुनसक्ने भएकाले समयमै सम्पर्क गर्न कलेजले अनुरोध गरेको छ।
 

Comments