सकियो तीनदिने नेक इग्नियमः पाँंच हजारद्धारा अवलोकन
असार १९, २०८२, बिहीबार | राति ०९:४१ बजे | 460
दुवाकोट, असार १९
नेपाल इन्जिनियरिङ कलेजमा तेश्रो नेक इग्नियम बिहीबार भक्तपुरमा भब्यताका साथ सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले इग्नियमको उदघाटन गरे । मंगलबारदेखि सुरु भएको इग्नियममा कलेजका विद्यार्थीहरुले तयार पारेका नवप्रवद्र्धनात्मक सिर्जना र आइडियाहरु राखिएको थियो ।
प्रदर्शनीमा कलेजका विद्यार्थीहरुको टीमसँगै बाहिरका कलेजका विद्यार्थीहरु, उद्योग क्षेत्रबाट समेत सहभागीता रहेको थियो । प्रदर्शनीमा विद्यार्थी, अवलोकनकर्ता, शिक्षक, उद्योगी, व्यवसायी तथा सरोकारवाला गरी करिब ५ हजारले अवलोकन गरेका थिए ।
इन्जिनियरिङ कार्यक्रम अन्तर्गत पहिलो दिन विश्व समस्याहरू समाधान गर्न प्रतिभाशाली दिमागहरूलाई एकसाथ ल्याउने ह्याकाथन कार्यक्रम भएको थियो ।
दोश्रो दिन बुधबार “एक विश्व एक समाधान“ शीर्षकको आन्तरिक कार्यक्रम आयोजना गरिएको थियो । तेश्रो तथा अन्तिम दिन विहीबार विभिन्न प्रतियोगिताहरु भएका थिए । यस अन्तर्गत पोस्टर डिजाइन प्रतियोगिता, पप्सिकल ब्रिज प्रतियोगिता, आर्किटेक्चरल मोडेल शोकेस, रोबोसकर प्रतियोगिताहरु भएका थिए । साथै टेकएक्स इनोभेसन मेला (कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थीहरूद्वारा परियोजना प्रदर्शनी), वास्तुकला, सिभिल, र सिभिल तथा ग्रामीण इन्जिनियरिङका विद्यार्थीहरूका लागि नवीन पूर्वाधार चुनौती कार्यक्रम भएको आयोजक कलेजको भनाई छ ।
