म र भाइ विष्णुद्धारमा घुम्न जाँंदा...


असार १९, २०८२, बिहीबार | राति ०९:२५ बजे | 125


म र भाइ विष्णुद्धारमा घुम्न जाँंदा...

नमस्कार भाइबहिनीहरू 
हामीले दैनिकी झै आफ्नो अनुभव र यात्रा विवरण लेखिहाल्नु पर्छ ।
आज फुर्सदमा भाइ राजकुमार लघुले म कुमार लघुलाई विष्णुद्धारमा घुमाउन लगे । यो ठाउँ गठ्ठाघरवाट विष्णुव्दार पुग्नलाई १ घण्टा ३० मिनेट लाग्यो । 
खास त विष्णुव्दार किन जानुभएको हो ? तपाईहरूले सोध्नुहुन्छ थाहा छ । धन्यवाद भाइबहिनीहरू आज किन जानुभएको भनेर सोध्दा खुसी लाग्यो । यसरी तपाईहरू मलाई उत्साहित भएर प्रस्न सोध्नु होला भने मनमा लाग्या थियो । भाइबहिनीहरू म आज भाइ राजकुमार लघुलाई पनि धन्यवालद नै दिन चाहे किनकि मैले मलाई कही कतै लगे र कतै लग्नुभएमा भाइलाई थाहा थियो कि मैले त्यो ठाउँको विवरण लेखेर सबै देशको भाइ बहिनीहरूलाई चेतना वा जानकारी दिनु हने छ भने उसलाई थाहा रहेछ र समयलाई सदुपयोग गरिरहन्छ भन्ने थाहा छ । आज मिति असार १९ गते मेरो साहिलो भाइको आज १२ औ दिनको श्राध्द हो । सो कार्यक्रम सकेपछि समयलाई सदुपयोग गरेको हो ।
विष्णुव्दार पुग्न कठिन छ । यो विष्णुव्दार काठमाण्डौको सिदार्थ वनस्थलीको स्कूलवाट माथी करिव ४–५ किलो मिटरको अन्दाजी वाटो छ। विच विचमा चेक प्वाईन्टहरू छन् । नेपालको आर्मीहरूले सवारी साधनको चेकको भनाई रेकर्ड राख्छ । दुई ठाउँमा र टिकट काटेर भित्र जानू पर्छ । करिव २ किलो मिटर सवारी साधनले भित्र छिचोल्नु पर्छ ।अझै विष्णुव्दार पुग्न अझै ३० मिनेट उकालो चढ्नु पर्छ । टिकट काट्न पैसा लिएर जानुपर्छ । टिकट शुल्क एकजानाको हामीलाई त रू १००÷ लियो। िवारी साधनको १५० लियो । टिकट काटे भनेर फाल्नु हुन्दैन् । यो विष्णुव्दार शिवपुरी जङ्गल भित्र पर्दछ । विचमा स्नाको चन्दननाथ गण छ ।
वाटो शिवपुरी जङ्गल भित्र कच्ची वाटो हो । भित्र अलि बिस्तारै होशियारी पूर्वक जान्दा सजिलो होला । 
हामी तणयाहाँ पुग्दा दुई चार न्चयगउ भित्र भेटियो । धना जङ्गल छ । विष्णुमती नदीको मुहान हो । त्याहाँ ठूलोलझरना छ । आहा क्या चिसो निर्मल पानी वनको काखवाट सयौँ वर्षदेखी पानी झरी रहेको बगिरहेको वुढावमजे र स्थानीयहरूको कहावत छन्। 
    वन जङ्गल शान्त कहि कही चार चुरूचुङ्गीहरूको आवाज सुन सकिन्छ । चराहरू कमै मात्र कराएको सुनिन्छ । कालिज पनि कही कतै देख्न सकिन्छ ।  विचमा नेपालीहरूको रक्षाको निम्ति नेपाली सेनाहरूको वटालिएन छन् ।
 जङ्गलमा हवा सररर चिसो बहिराखेको पाउने छौ ।  शिवपुरी जङ्गलमा रहेको वन भित्र छिर्न खानेकुरा पानी पिउनलाई लिएर जानू पर्दो रहेछ। भित्र कुनै खानेकुराको प्रबन्द छैन् भाई बहिनी र दाजु काका साथीहरू र दोतरीहरू बाहिरवाट लग्नु जाती हुन्छ । लगेन भन्ने भोकले सताउँछ । प्यासले छटपटी लाग्न सक्छ । म हामी पनि भाईको अनुभवसित विचारेर ढुकसित गएको हुँ। सो विष्णुव्दार काठमाण्डौ जिल्लामा परेको हो । विच विचमा रोेर घरहरा ,एअरर्पोट,वौध्द,सान सिटी काँडाघारी ,पशुपती नारायण गोपाल चोक,तारकेश्र्वर ,नाजिद मन्दिर, वुढानिलकण्ठ र सिदार्थ वनस्थली स्कुल भवन हेर रमाई विच विचमा फोटोहरू खिचेर प्राकृतिक सौदर्यता हेरर , पानीको बहवाले झरररको आवाज कमि छैन् ।
म र भाइ राजकुमार लघु चिसो पानीमा १५ मिनेट जति आनन्नदले रमाए । कपाल कटु भिज्ने गरि पानीमा खेले तस्विर खिचे अर्का समूह सित बसेर फोटो खिचे बेसरी कराए चिच्याए सबैले सुने होला यसो माथी हेर्छु । रूखै रूखहरू मात्र भयो । पाइन्ट फेरि फर्के । होटेलहरूपनि बाहिर छन् । होटेलमा खर्च गर्न नि गाठ हुनुपर्छ । आनन्नदले पैसा तिरेर खान पिई आउँन सकिन्छ । 
यो लेख यात्र विवरण लेखे भनेर डाहा गर्नेहरू छन् । भाइ बितेको कुरा एकै ठाउँमा बसी रहे त मनमा अनेक कुराहरू खेलेर मन भक्कानिन्छ । त्यसशेले शोकलाई शक्तिमा कदले जस्ती वचा,मा बदल्न नै हामी दुई दाई र भाईले एक विन्दुमा बसेर एक सवारी साधनमा चलेको हुँ । कसैले डाहा गरेर मफाई मरोस् ढलोस् भनेर कराए पनि लेख्न यात्रा रोकिने छैन् । 
हेर्नुस् एक जना किसानले िानी राखेर रोपाई सिध्याए छ । अर्का किसानले रोपाई एक विऊ पनि माठोमा गाडेको थिएन् । तर अर्का किसानले हे पर्मेश्र्वर मैले भोलि चकनाचुर पानी परोस् भनेर प्रर्थाना गरेको अघिलो पानी परकोले सुनिराखेको थाहा भयोलमनमा एकले अर्कालाई मन मनै दुश्मन थानेर बसे जस्तै हो । पानी चाहिनेले माग्नु स्भाविक हो । 
टिकट र सवारी साधनको शुल्क भाइ राजकुमार लघुले तिर्नु भयो । हामी ३ः३० मा फर्के घर तिर ४ः४५ वजे आई पुगे । गठ्ठाघरको चोकमा पुगेर एक चिया पसलमा पुगेर एक चिया र दुनट खाए । साहुलाई पैसा ९० रूपियाँ तिरेर हामी भाईको घरमा आए । मेरो जीवन साथी मैयाँ लघुलाई स्कूटरमा बसेर पाएगला छर्किन आफ्नो घरमा पुगे । पाएगला छरेर फेरि भाइ न्हुछेकुमार लघुको घरमा खाना खाए । बेलुका खाना खाई सुते ।
 भाइ बहिनीहरू र मित्रहरू आजलाई यति लेखेर विदा भए । कुनै प्राणिले अर्काले विरोध गरेमा ठिक गर्छु भन्ने मनमा लिनु होला । विरोध नगरे म कता पुग्यो भनेर रोकेर अगाडि पुग्नु पर्छ। सबै मेरा मुटु ढुक वसे ।

Comments