गीत


असार १८, २०८२, बुधबार | साँझ ०४:३३ बजे | 280


गीत

लक्ष्मी थापा
जिन्दगीका केही पल तिमीले साथ दिएको भए 
फरक पथ्र्यो होला यो यात्रा तिमीले हात दिएको भए 

लय मिल्थ्यो कति मिठो मैले गाउने गीतको 
अर्कै लेख्थेँ मुना मदन म नि अमर प्रीतको 
एउटा कथा किन होला नलेखिँदै मेटिएको 
मायालु ती मुनाहरू वसन्तमै निमोठिएको 

के थाहा यो हाँसोमा कति आँसु लुकेको छ
दुख्नेलाई थाहा होला जिन्दगी दुखेको छ
सुरुसँगै अन्त्य भयो कहानी भो जिन्दगानी
सम्झनामा अझै किन आँखामा खस्छ पानी

Comments