एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना
असार १६, २०८२, सोमबार | विहान ०७:१७ बजे | 80
बोडे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आईतबार सम्पन्न भएको छ । यस वर्ष उक्त स्कुलका ३४ जना विद्यार्थीहरुले उत्कृष्ट अन्कका साथ एसईई उत्तीर्ण गरेका छ्न । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी[ काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका ७ जनाले चार जीपीए ल्याएका[ हुन । यस्तै एभरेस्ट पब्लिक एकेडेमीबाट सुयोग नेपालले एसइइमा ४ जीपीए प्राप्त गरेको स्कुलका संस्थापक निर्देशक उमेश सापकोटाले जानकारी दिनुभयो ।[[
