एभरेस्ट स्कुलमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव


असार १५, २०८२, आइतबार | साँझ ०५:३४ बजे | 205


एभरेस्ट स्कुलमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

भक्तपुर, २०८२, असार १५, 

 २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ को अवसरमा एभरेस्ट स्कुलले "धान रोपाइँ कार्यक्रम" भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा कक्षा ४ मा अध्ययरत सम्पूर्ण विद्यार्थीहरू, शिक्षकहरू, प्रधानाध्यापक, प्रमुख कार्यकारी अधिकृत र भाइस प्रिन्सिपलहरूको सक्रिय सहभागिता रहेको थियो।

विशेष रूपमा प्रमुख कार्यकारी अधिकृत प्रवेश राजभण्डारीले स्वयम् हिलोमा बाउसे गर्दै विद्यार्थीहरूलाई रोपाईं प्रति हौसला  बढाउनु भएको थियो ।

 २०८२ सालको धान दिवसको नारा “धानबालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित मनाइएको यस दिवसको माध्यमबाट विद्यार्थीहरूलाई कृषिप्रति रुचि र सम्मान अभिवृद्धि गराउनुका साथै व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य लिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नै हातले उमारेको बीउ रोपी रोपाइँ महोत्सवमा रमाए। शिक्षकहरू एवम् प्रधानाध्यापक भक्त राजभण्डारी विद्यार्थीहरू सँगै खेतमा गई महोत्सवमा सहभागी हुनुभयो। उद्घाटन समारोहमा बोल्दै प्रधानाध्यापक भण्डारीले कृषि मुलुक नेपालमा युवापुस्ताको कृषिप्रति आकर्षण आवश्यक रहेको बताउनुभयो।

विद्यालयले प्रत्येक वर्ष असार १५ मा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई नेपाली माटो, संस्कृति र कृषिपेशा तथा कृषकप्रति सम्मान गर्न अभिप्रेरित गर्दै आएको छ।

कार्यक्रमपछि विद्यार्थीहरूमा विशेष उत्साह देखिएको थियो, र उनीहरूले रोपाइँको अनुभवबाट धेरै कुरा सिकेको प्रतिक्रिया दिएका छन्।

Comments