लाकुरी भन्ज्याङ घुमेर हेर्दा ..
असार १५, २०८२, आइतबार | विहान ०९:४७ बजे | 350
नमस्कार भाइबहिनीहरू,
लाकुरी भन्ज्याङ जानुपर्ने महत्वपूर्ण ठाउँ रहेछ है । लाकुरी भन्ज्याङ खास भन्नुपर्दा दक्षिण पूर्व ललितपुर जिल्लामा पर्दछ । विध्यार्थीहरूलाई भ्रमण लान सकिन्छ । विध्यार्थीहरूलाई उचाई र काठमाण्डू भ्यालीलाई देखाउन पनि सघाउ पु–र्याउँछ । त्यो ललितपुर जिल्लाको लाकुरी भन्ज्याङमा लग्दा साथीभाइ बहिनीहरूले अविस्मरणिय क्षण हुनेछ ।
त्यहाँ जान्दा भोक लाग्छ । आफ्नै खाना पानी जुस लगेमा बेस हुन्छ । त्यहाँ आवश्यक सरसामान किन्नलाई महंगो छ । हामी दुई भाइ गएको दाइ पानी एक वोटल लिनुस् भनेर भन्दा किन्दा लौ त भनेर किने । पानीको मोल ३० लियो जुसको ६० लिई जम्मा ९० लियो । यता वारि मै वसेर एअरपोर्ट ,धरहरा ,सनसिलिक भवन पेप्सिकोला ,देवाकोट ,काँडाघारी ,
मन मयजु ,बाल्कोट ,सुन्दरीजल , कोटेश्र्वर ,लाकुरी भन्ज्याङको हरियो डाँडा कालो वनले ढाकेको जङ्गल शान्त र रमणिय देखिन्छ मनै आनन्द लाग्यो । हावा चिसो र घामले र मौसमले साथ लिने वेला त चारैतिर छर्लङ्ग देखिने छ ।
लाकुरी भन्ज्याङमा वस्न आउनेहरूको लर्को नै लाग्न रहेछ । साथीहरूले पिकनिक पनि गरेर जान सकिन्छ । त्यहाँ जान्दा म्युजिक लग्न विर्सीनु हुन्दैन् । म्युजिक लिएर जानू होला । साथीहरू गोलो र चारैतिर बसेर नाचगान गरेर मज्जा लिन सकिने छ। यसरी पिकनिक जाँदा आफैले ठाउँ हेरेर मज्जा लिनु पर्ने हुन्छ ।
लाकुरी भन्ज्याङ पुग्न मोटर साईकलले पुग्न गठ्ठाघरवाट पुग्न लगभग ६० मिनेट लाग्छ । हामी जान्दा थुप्रै लाकुरी भन्ज्याङ प्रीएहरूको उपस्थिति थियो । लाकुरी भन्ज्याङमा पुगेपछि सबैलाई भिडियो र फोटो खिच्न हतार हुन्छ ।
आ आफ्ना साथीहरू खिच्न तयार हुन्छ । पालै पालो उसको उसले उसको उसले लिन हतारिन्छ चारैतिर घुमी घुमी क्यामरा ,मोवाईल घुमाउँदै रमाउँछ। अंगालो हाल्छन् । जोडी आएकाहरू जोडी मिलाई क्यामरा भित्र छिराई हाल्छन् ।
हावाचिसो लिन्छन् । आफूसित ,हेको आँखा टाढा टाढा डुलाई हाल्छन् ।
मौसम हेरी जानुपर्छ । बाटोको कुरा गर्दा बाटो ठिकै छ । ३– ४ किलो मिटर कति वाटो हिड्न पर्ने छ। टावरमा गएर हेर्न सकिन्छ । हिडेर र मोटर साईकलमा जान आउँनलाई रेनकोट र छाता अनिवार्य छ । मोटर साईकलमा पेटोल राखेर वानुपर्छ । बाटो उकालो छ। हिडेर जानेले होशियारी पूर्वक जानुपर्छ। कमवोर मान्छे र पुरानो मोटर साईकलहरू लिएर नगए राम्रो हुनेछ।
फर्किन पनि समय सेट गरेर गए नि हुन्छ जङ्गल बाटो हो । लौ त भाइ बहिनीहरू जाने वेलामा जसरी मिलेर गएको हो फर्किन्दा पनि मिलेर रमाईलो गर्दै फर्किनु होला । आजलाई रातीको समय हो । शुभरात्री ,धन्यवाद
२०८२÷०३÷१४ गते शनिवार
