सकियो मनोहरा साहित्य समाजको १०२औं शृङ्खला तथा भानु विशेष 


असार १४, २०८२, शनिबार | राति ०७:४६ बजे | 265


सकियो मनोहरा साहित्य समाजको १०२औं शृङ्खला तथा भानु विशेष 

काठमाडौं । मनोहरा साहित्य समाजको १०२औं शृङ्खला आज २०८२ आषाढ १४ गतेका दिन ग्लोबल पब्लिक स्कूल ९विश्व ज्ञान पाठशाला० को सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, साहित्यकार गोविन्द घिमिरे वेदमणिको प्रमुख, डा। बमबहादुर थापा जिताली, आर सि। रिजाल, प्राचार्य मातृका कार्कीको विशेष आतिथ्यमा सम्पन्न भएको छ। 
संस्थाका अध्यक्ष अर्यालले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई स्वागत गर्दै भानुभक्तका विषयमा संक्षिप्त जानकारी सहित उनकै विविध छन्दका रचना वाचन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने प्रारम्भमा अध्यक्ष तथा अतिथिहरूद्वारा भानुभक्तको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
त्यस लगत्तै चलेको रचना वाचनको क्रममा बिके माकाजू, अप्सरा पोख्रेल, भावना न्यौपाने, दीनानाथ पोख्रेल, पदम दाहाल, सूर्यप्रसाद डुम्रे, ओम आचार्य, रामशरण न्यौपाने, भुवन शिवाकोटी, बलराम बिष्ट, अल्फिफोहेन फाक्लुप्पा, बुद्धिसागर पौडेल, घनश्याम प्रसाईं, टेक बहादुर लौडारी, बमबहादुर जिताली, एम के पराशर, भावकेशर बराल, जूनू घिमिरे, टिपि बराकोटी, चेवनकुमार बस्नेत ठूलाघरे, सम्पत् काफ्ले, केशव ज्ञवाली ुआगतु, डिल्लीप्रसाद मूलतिहुन, सरिता दुलाल घिमिरे, गीता बराल, गङ्गाप्रसाद भेटवाल, नवीन पल्लव, प्रतीक घिमिरे, जयराम बिडारी, बसुन्धरा चौहान, सञ्जय सोती, उषा बस्ताकोटी खनाल, राजेशराज गर्तौला, भगवती पराजुली, धरणीधर गुरागाईं, कृष्णप्रसाद पौडेल जस्ताघरे, आर सि रिजाल लगायतका स्रष्टाहरूले आआफ्ना विविध रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मीठामीठा, स्तरीय छन्द तथा मुक्त कविता, मुक्तक, व्यङ्ग्य रचना, गीत, गजल, भजन, मन्तव्य र शुभकामना प्रस्तुत भएका थिए भने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो । 
समाजका सचिव भावकेशर बरालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा खोदनाथ चापागाईं, प्रा। शालिकराम कोइराला, कपिल अर्याल, कोषराज भण्डारी, लक्ष्मण खनाल, परमानन्द भट्ट, जमुना चौहान लगायतका साहित्यानुरागीहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि घिमिरेले वाचित रचनाहरूको सार सहित आफ्नो मन्तव्य दिनुभएको थियो भने समाजका सदस्य चिरञ्जीवी रेग्मीले सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना सभा समापन भएको जानकारी गराउनु भएको थियो । 
स्रष्टाहरूका मीठामीठा र स्तरीय छन्द तथा मुक्त कविता, मुक्तक, व्यङ्ग्य रचना, गीत, गजल, भजन, मन्तव्य र शुभकामनाले कार्यक्रमलाई एकदमै रोचक बनाएको थियो ।

Comments