भक्तपुरका कुनकुन स्कुलका कति जना विद्यार्थीले ल्याए चार जिपिए ?


असार १४, २०८२, शनिबार | दिउँसो ०१:२० बजे | 1250


भक्तपुरका कुनकुन स्कुलका कति जना विद्यार्थीले ल्याए चार जिपिए ?

भक्तपुरका कुनकुन स्कुलका कति जना विद्यार्थीले ल्याए चार जिपिए ? 
भक्तपुर । यसवर्षको एसईई परीक्षामा भक्तपुरका ३० जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका चार जना विद्यार्थी चार जिपिए ल्याउन सफल भएका छन् । स्कुलकी आकांक्षा लुइटेल, रोमहर्षण ढुंगेल र स्नेहा जोशीले चार जिपिए ल्याउन सफल भए । 
चार जिपिए ल्याउन सफल स्कुलहरुमा दधिकोटस्थित मोडन इङलिस स्कुल पनि रहेको छ । यो स्कुलकी छात्रा सुधी त्रिपाठीले चार जिपिए ल्याएका हुन् । त्यसैगरी चाँगुनारायण नगरपालिकाको सुडालस्थित महेन्द्रग्राम माविकी विद्यार्थी गोमा श्रेष्ठले पनि ४ जीपीए ल्याएको बताइएको छ । श्रेष्ठले सामुदायिक बिधालयबाट चार जिपिए ल्याएकी हुन् । 
मेधा माध्यमिक विद्यालयका तीन विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीए ल्याएका छन् । विद्यालयमा प्रधानाध्यापक श्याम हाडाका अनुसार भक्तपुरको तेखापुखुस्थित उक्त विद्यालयका तीन विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । जिल्लामा मात्र नभएर मुलुकभरमै उत्कृष्ठ सामुदायिक विद्यालयको पहिचान बनाएको सो बिद्यालयबाट परिक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ३ जनाको ४ जीपीए, ६३ जनाको ए प्लस, २७ जनाको ए, जीपीए आएको छ । सो विद्यालयबाट ९३ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । 
सैनिक आवासयी मावि सल्लाघारी भक्तपुरका तीन जनाले चार जिपिए ल्याएका छन् । क्यान्डिड करिअर सेकेण्डरी स्कुल सूर्यविनायक १ सिरुटारले पनि चार जना विद्यार्थीको जिपिए चार रहेको जनाइएको छ । सेकरिड हार्ट स्कुलकी एकजाा विद्याथीले पनि चार जिपिए ल्याउन सफल भएको बताइएको छ । अन्य विद्यालयका विद्यार्थीले पनि ४ जीपिए हासिल गरेको जनाए पनि त्यो भने खुल्न सकेको छैन । 
परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार यो बर्ष मुलुकभरका नौ सय ७१ जनाले चार जीपीए ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७ जना रहेका छन् । त्यसैगरी कास्कीका ६५, चितवनका ३७, धनुषाका २० जना छन्  मोरङका १८ र कैलालीका ७ जनाले पनि चार जीपीए ल्याएका छन् ।

Comments