“Himal Youth BIZ Festival 2082 असार १४” को सम्पूर्ण तयारी सम्पन्न
असार १३, २०८२, शुक्रबार | राति ०९:५१ बजे | 75
पोखरा, असार १३ –हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखरामा भोलि (असार १४ गते) आयोजना हुने “Himal Youth BIZ Festival 2082” को सम्पूर्ण तयारी सम्पन्न भएको छ। उक्त जानकारी कलेजका अध्यक्ष चेतनाथ भण्डारीले दिनुभएको हो।
आज कलेज परिसर तथा वरपरको सफाइ अभियान, जनचेतनामूलक मोटरसाइकल ¥याली, साथै टोल विकास समिति, आमा समूह, विद्यालय प्रमुख, अभिभावक, व्यवसायी तथा अन्य सरोकारवालाहरूलाई निमन्त्रणा वितरण जस्ता तयारीका कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन्।
अध्यक्ष चेतनाथ भण्डारीले भन्नुभयो –
> “फेस्टिभललाई ऐतिहासिक बनाउन विद्यार्थी, शिक्षक र व्यवस्थापन सबै एकजुट भएका छौं। तयारी पूरै सकिएको छ, अब सहभागीहरूको उत्साह र उपस्थिति मात्र आवश्यक छ।”
क्याम्पस प्रमुख बिकल पौडेलले बताउनुभयो –
> “विद्यार्थीहरूबाट यस्तो सिर्जनात्मक र व्यवस्थित कार्यक्रमको आयोजना हुनु गौरवको विषय हो। व्यवस्थापनको व्यवहारिक अभ्यासका लागि यो एउटा अनुपम अवसर हो।”
सह–क्याम्पस प्रमुख लीला पराजुलीले भन्नुभयो –
> “विद्यार्थीहरूको परिश्रम, समर्पण र समूहमा काम गर्ने क्षमतालाई यो कार्यक्रमले स्पष्ट देखाएको छ। हामी निकै उत्साहित छौं।”
विद्यार्थी जेरि यादवले बताए –
> “हामीले कक्षाभित्र भन्दा बाहिर सिक्ने यस्तो अवसर पाएकोमा गर्व लागेको छ। आफैँले आयोजना गर्दैछौं भन्ने सोचले ऊर्जा थपिएको छ।”
विद्यार्थी सारा गुरुङले भनिन् –
> “यो फेस्टिभल हाम्रो सिर्जनात्मकता र क्षमता देखाउने सुनौलो अवसर हो। महिनौंको तयारीपछि भोलि त्यो दिन आउने लागेकोमा हामी निकै उत्साहित छौं।”
कार्यक्रम संयोजक शिशिर ज्ञवालीका अनुसार, भोलिको कार्यक्रमको आकर्षणमा खाद्य स्टल, शैक्षिक परामर्श केन्द्र, लुगा तथा हस्तकला प्रदर्शनी, खेलकुद गतिविधि, प्रतिभा प्रदर्शन, र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रमहरू समावेश गरिनेछ।
फेस्टिभलमा SEE, +2, र BBS तहका विद्यार्थी, शिक्षक, अभिभावक, व्यवसायी, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
.jpg)