जुमन किरणको कविता कृति ‘यादहरुको बहिर्गमन’ सार्वजनिक


असार १३, २०८२, शुक्रबार | विहान ११:३५ बजे | 255


जुमन किरणको कविता कृति ‘यादहरुको बहिर्गमन’ सार्वजनिक

काठमाडौं। कवि जुमन किरणको कवितासङ्ग्रह यादहरुको बहिर्गमन’ सार्वजनिक गरियो । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उक्त कृति सार्वजनिक भएको हो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार,कलानिधी दाहाल,कृष्ण प्रधान,श्रीओम श्रेष्ठ ‘रोदन’,छविरमण सिलवाल,प्रोल्लास सिन्धुलीय लगायतले उक्त कृति लोकार्पण गरे ।

कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शैलेन्द्र साकारले कविताको क्रियशनले आफुलाई तानेको बताए । उनले जुमनलाई प्रयोगशील कविको रुपमा चित्रण गरे । कविताहरु सौम्य व्यङ्गचेतले भरिएका आफुले पाएको बताए । कृतिबारे परिचर्चा गर्दै वरिष्ठ कवि कृष्ण प्रधानले कवि समयसँग सम्बाद गर्न खप्पिस भएको बताए। उनले कविता कृतिको शिर्षक मन परेको बताउँदै भने-'लघु कविताको रुपमा जुमनको कविताहरु आएका छन् । जसमा मौन विद्रोह,गम्भीर विद्रोहको पक्ष हावी भएको छ। कविताहरु नयाँपनले भरिएको छ ।’ उनले कतैकतै कविताहरुमा दार्शनिक चेत आएको पनि बताए । गम्भिर बिम्बहरुको प्रयोगले कविताहरु सुन्दर भएको उनको धारणा थियो । मन्तव्य व्यक्त गर्दै बरिष्ठ कवि कलानिधी दाहालले भने-‘साहित्यमा निरन्तरता,संकल्प र समर्पणको जरुरत पर्छ। जुमनमा यी सबै देखिएको छ।’ बिम्ब छनौटबाट आफु प्रभावित भएको उनले बताए । कवि जुमनमा चेतनाको तिव्रता रहेको आफुले पाएको भन्दै निरन्तरतामा जोड दिए । अर्का वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भने-‘स्रष्टाहरु सबै उत्सव पारेर मात्र ल्याउँदैनन्। कृति प्रकाशन भैसकेपछि उसैपनि सार्वजनिक उत्सव हो। जन्मदिनको दिन नयाँ कृति ल्याउनुभयो बधाई छ।’ कृतिकार जुमन किरणले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरिन् । उनले पुस्तक पढेर रचनात्मक सुझाव दिन अनुरोध समेत गरिन् । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार छविरमण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा लोकार्पित कृतिबाट रुविना राना,विनोद खत्री आकाश र बसुन्धरा चौहानले कविता बाचन गरे । प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य पूर्णबहादुर श्रेष्ठ’ह्रदयङ्कृत’ले गरेका थिए कार्यक्रमको मिडिया पार्टनर इखबर नेट रहेको थियो । यादहरुको बहिर्गमन’लाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३०० रहेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

जुमन किरणको कविता कृति ‘यादहरुको बहिर्गमन’ सार्वजनिक

Comments