प्रथम निबन्धलेखन प्रतियोगिता सम्पन्न


असार १०, २०८२, मङ्गलबार | राति ०९:११ बजे | 45


प्रथम निबन्धलेखन प्रतियोगिता सम्पन्न

नेपाल स्काउटकाे ७४अाैँ स्थापना दिवस तथा मध्यपुर स्काउटकाे रजतजयन्तीकाे पावन अवसरमा मध्यपुर स्काउटद्वारा "प्रथम मध्यपुर थिमि नगरव्यापी अन्तर-ट्रुपस्तरीय निबन्धलेखन प्रतियोगिता २०८२" सम्पन्न गरेकाे छ ।

"व्यक्तित्व बिकासकाे लागि स्काउटकाे भूमिका" बिषयक उक्त प्रतियोगितामा १० ट्रुपहरूबाट कुल २० जना स्काउटहरूकाे सहभागिता रहेकाे थियाे । स्थानीय अायुक्त श्री तुल्सीहरि प्रजापतिकाे सभाध्यक्षतामा सम्पन्न साे प्रतियोगिताकाे उद्घाटन समाराेहका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठज्यूले स्काउटकाे महत्वपूर्ण प्याट्राेल प्रणाली सबै क्षेत्रमा लागू भएमा असल समाज तथा समृद्ध राष्ट्र अवश्य निर्माण हुने भन्ने धारणा व्यक्त गर्नुभयाे । मध्यपुर स्काउटका सक्रिय स्काउटर श्री सुनिल वर्माले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा अतिथिकाे मन्तव्य राख्नुहुँदै सल्लाहकार, नि-वर्तमान स्थानीय अायुक्त तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री हरि बहादुर श्रेष्ठज्यूले रक्तरक्तमा स्काउटिङ्ग बगेमा मात्र सच्चा स्काउट बन्न सकिने बिचार प्रकट गर्नुभयाे ।

स्थानीय स्काउट कार्यालयका सल्लाहकार श्री बिष्णु श्रेष्ठ, शैक्षिक पध्दति अायुक्त श्री दिलकृष्ण प्रजापति लगायत स्थानीय स्काउटरहरू, विभिन्न बिद्यालयका शिक्षकहरू तथा स्काउटहरूकाे उल्लेख्य सहभागिता रहेकाे साे कार्यक्रममा अघिल्लाे मध्यपुर माेडेल क्याम्पका केही बाँकी पुरस्कारहरू पनि बितरण गरिएकाे थियाे ।

Comments