चन्द्रागिरीमा ९५ औँ स्रष्टा पदयात्रा सम्पन्न


असार १०, २०८२, मङ्गलबार | साँझ ०४:५७ बजे | 100


चन्द्रागिरीमा ९५ औँ स्रष्टा पदयात्रा सम्पन्न

जयराम बिडारी

‘स्वास्थ र सिर्जनाका लागि पदयात्रा’ भन्ने मूल नारा अङ्गिकार गरेको स्रष्टा पदयात्रा नेपालले २०७३ साल देखि नियमित रुपमा हरेक महिनाको पहिलो शनिवार गर्दै आएको पदयात्राको ९५औं श्रृङ्खला चन्द्रागिरी क्षेत्रमा सम्पन्न गरेको छ ।

प्रकृतिसँग सन्निकट भई भाषा,कला,साहित्य र संस्कृतिका क्षेत्रमा भरपुर प्रयोग गर्ने उद्देश्यका साथ लेखक साहित्यकार कवि तथा पत्रकारहरुको समूहिक टोलीले चन्द्रागिरि क्षेत्रको पदयात्रा भ्रमण गरि विविध साहित्यिक गोष्ठी र अन्तर्कृया गरि सम्पन्न गरेको छ । पदयात्रा प्राचिन नेवारी वस्ती गुर्जुधारा किसीपिडी,लिच्छविकालिन मन्दिर चन्दनभराटेस्वर महादेव मन्दिर , प्रसिद्ध मातातिर्थ कुण्ड,मच्छेगाउँ स्थित नारायणजन मा.वि.,मच्छेनारायण मन्दिर हुँदै ढुङ्गाअड्डा स्थित मुनाल क्लब सम्मको पदयात्रा गर्दै प्रत्येक स्थानमा रचना वाचन गरि असार महिनाको पदयात्रा समापन गरिएको थियो ।

उक्त पदयात्रामा सामेल हुन उपत्यकाका विभिन्न स्थानबाट ५५ जना जना लेखक, साहित्यकार,तथा पत्रकारहरुको टोली गुर्जुधारामा भेला भई सांस्कृतिक एवं ऐतिहासिक नगरी किसिपिडी , तर्फ अघि बढेको थियो । किसिपिडी क्षेत्रमा चन्द्रागिरि नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्र महर्जनको अगुवाईमा स्थानीय बासिन्दाद्वारा नेवारी परम्परा अनुसार तारेको माछा र उसिनेको अण्डा सगुन दिएर न्यानो स्वागतगर्दै टिका र फूलप्रसादी दिएर न्यानो स्वागत गरिएको थियो । उक्त अवसरमा स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्राको औचित्य र निरन्तरताका श्रृङखलाका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका तर्फबाट सम्मानित गरिएका स्थानीय समाजसेवी विक्रम पाण्डे का बारेमा पूर्व मेजर पुण्यबहादुर खड्काद्वारा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल तथा संयोजक बिडारीले समाजसेवी पाण्डेलाई प्रशंसाापत्रप्रदान गरेका थिए। सो समारोहमा सम्मानित व्यक्तित्व पाण्डेले संक्षिप्त धारणा राख्दै समाजसेवाको क्षेत्रमा आफ्नो जिम्मेवारी र दायित्व बढेर गएको अनुभूत भएको बताए । वडा अध्यक्ष राजेन्द्र महर्जन तथा पूर्व वडाध्यक्ष कान्छाभाइ महर्जनद्वारा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिका बारेमा बोल्दै विकास निर्माणका विषयमा चर्चा गरेका थिए भने स्रष्टाहरूलाई आफ्नो वडामा स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए।

पहिलो चरणको रचनाबाचन किसिपिडीमा अनिता कोइराला र रुबि सत्यालले गरेका थिए । पहिलो रचनावाचनको पश्चात पदयात्री टोलीले स्थानीय जनकल्याण पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको थियो ।किसिपिडीमा पहिलो चरणको कार्यक्रम पश्चात पदयात्रा टोलीले चेकपोष्ट हुँदै चन्दन भराटेश्वर महादेव मन्दिर पुगि मन्दिरको ऐतिहासिक महत्वका बारेमा जानकारी लिइएको थियो । सो समारोहमा डा.वालचन्द्र मिश्रको संयोजकत्वमा रचना वाचन सम्पन्न गरियो । उक्त अवसरमा नेपाली भाषा बचाउ अभियानका संयोजक गाउँले बलदेव अधिकारी, रमा सुवेदीद्वारा रचना वाचन गरिएको सो समारोहमा रबिन्द्र रिजालले मन्दिरको ऐतिहासिक महत्वका बारेमा जानकारी गराएका थिए। तेश्रो चरणको कार्यक्रमका क्रममा पदयात्रा टोली गुमाल गाउँ स्थित जेष्ठ नागरिक सेवा केन्द्र पुगि पदयात्री विजया बस्नेतको सौजन्यमा तैयार पारिएको भोजन गरी टोललीले सोही स्थानमा अर्को चरणको रचना वाचन गरेका थिए ।सो अवसरमा सेवा केन्द्रका सल्लाहकार गोपालकृष्ण पौडेलले संस्थाका बारेमा जानकारी गराएका थिए । भने पदयात्री राधिका पन्त , पार्वती शर्मा, मुना श्रेष्ठ ,बामदेव पौडेल लगायतले रचना वाचन गरेका थिए ।उक्त अवसरमा गोपालकृष्ण पौडेलद्वारा पदयात्री टोललीलाई स्वागत गरिएको थियो । सो अवसरमा विजया बस्नेत ,तारा केसी ,राधिका पन्थी, सङ्गीता खरेल,राधिका कल्पितले रचना वाचन गरेका थिए ।

सो अवसरमा पदयात्रा टोलीका उपाध्यक्ष विमल अर्यालद्वारा सपनाको पहाड, कञ्चन उत्सव,धरणी पत्रिका भाव लहर कविता सङ्ग्रह पर्दाभित्र उपन्यास आवरण कविता सङ्ग्रह, तथा चौकोटदेवी यात्रा संस्मरण लगायतका पुस्तकहरु केन्द्रलाई प्रदान गरिएको थियो । जेष्ठ नागरिक सेवा केन्द्रको कार्यक्रम समापन पश्चात पदयात्रा टोली आमाको नाममा प्रचलित तीर्थस्थलको धार्मिक र ऐतिहासिक महत्व बोकेको मातातीर्थ पुगी कुण्डको दर्शन गरी साहित्यिक गतिविधिमा संलग्न भएको थियो । सो स्थानमा पदयात्रा टोलीलाई स्वागत गर्न तथा साहित्यिक गतिविधिमा संलग्न हुनका लागि मच्छेगाउँस्थित नारायण जन मावि मा अध्ययनरत विद्यार्थीहरु भेला भएका थिए । ध्रुवराज थापाको संयोजकत्वमा सञ्चालन गरिएकोा उक्त कार्यक्रममा विष्णुप्रसाद रुपाखेती समेतको साथ रहेको थियो । उक्त अवसरमा स्थान विशेषको महत्व दर्शाउने सम्मृद्धी थापा मगरको आमा शीर्षकीय कविता, देश बनाउने सोचका साथ मनिषा मगर अनि खीमा भट्टराईले विचरी चरी शीर्षकीय कविता सुनाएका थिए । सो अवसरमा सरस्वती सरस,नानीबाबा अधिकारी, चेतना शर्मा, तीलक गाउँलेद्वारा रचना वाचन गरेका थिए । यसैगरी रविन्द्र रिजालद्वार् विभिन्न धार्मिक ग्रन्थमा रहेका मातातिर्थको धार्मिक महत्वको प्रसंगको उल्लेख गर्दै यहाँको महत्व संक्षिप्तमा दर्शाएका थिए । पश्चात २००८ सालमा स्थापना भएर संचालनमा रहेको नारायण जन माविमा कार्यक्रमको आयोजना गरिएको थियो भने पदयात्रा टोलीलाई स्काउट ट्रुप द्वारा सम्मान र स्वागत गरिएको थियो । सोही विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रुपाखेतीद्वारा कार्यक्रमको सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी भाई बहिनीहरु विवेक बुढाथोकीले मेरो देश नेपाल ,प्रशान्त पाण्डेले गीत रमित कोइरालाले देउडा, रश्मिता तामाङले कथा सुनाएका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक रुपाखेतीले आकर्षक पारामा गीत सुनाएर मन्त्रमुग्ध बनाएकाी थिए । यसैगरी स्वेता रुपाखेती, अनुप रिजाल तथा दमन्ता मैनालीले कविता सुनाएका थिए । सोही क्रममा उक्त क्षेत्रमा सामाजिक क्षेत्रमा विशेष योगदान दिएका सामाजिक अभियन्ता ध्रुव बस्नेतलाई पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल, घुम्ती कवि गोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठ विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रुपाखेती तथा संयोजक जयराम बिडारीले संयुक्तरुपमा प्रशंसापत्र प्रदान गरी सम्मानित गरेका थिए । सोही क्रममा सम्मानित व्यक्तित्व ध्रुवराज बस्नेतका विषयमा प्रधानाध्यापक रुपाखेतीले प्रकाश पारेका थिए भने बस्नेतले भंगेरा संरक्षणमा भूमिका निर्वाह गर्ने पुस्तक तथा लेख वितरण गरेका थिए । स्रष्टा पदयात्रा नेपालका कार्य समिति सदस्य तथा रचना द्वैमासिकका सम्पादक प्रतीक घिमिरेद्वारा संचालन गरिएको उक्त कार्यक्रममा हेमराज पुनः आश्रमले चेतनामूलक गीत सुनाई माहौलमा रौनकता थपेका थिए भने यादेवी ढकाल ,लक्ष्मी थापा,गीता रेग्मी नानीबाबा अधिकारीले आ-आफ्ना रचना सुनाएका थिए । विद्यालयलयमा कार्यक्रमको समापन पश्चात पदयात्रा टोली प्रागैतिहासिक मच्छेनारायणस्थानको दर्शन गरी वडाध्यक्ष संगको संक्षिप्त र सामान्य भेटघाट र जानकारी लिंदै तिनथाना स्थित मुनाल क्लवको कार्यक्रममा सहभागी हुनका लागि त्यसतरफ प्रस्थान गरेको थियो । चन्द्रागिरि साहित्य सरेावर मुनाल क्लवमा आयोजित गरिएको कार्यक्रममा भाग लिन का लागि गुर्जुधारा, किसिपिडी र मच्छेगाउँकेा पदयात्रा सम्पन्न गरी पदयात्रीहरु तीनथानास्थित अन्तिम गन्तव्यका रुपमा मुनाल क्लवमा भेला भएका थिए । उक्त कार्यक्रममाा सरेावरका सचिव कृष्णबहादुर कार्कीले कविता वाचन गर्दै स्रष्टा पदयात्रा टोलीसंग सहकार्य गरी संयुक्त रुपमा कार्यक्रम गर्न पाएकोमा अत्यन्त पुलकित भएको बताए । कार्यक्रम सञ्चालन सरेावरका सदस्य घनश्याम भण्डारीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रमको कार्यक्रमकेा सभापतित्व सरेावरका अध्यक्ष गोपीचन्द्र कार्कीको सभापतित्वमा सम्पन्न गरिएको थियो । क्लवका अध्यक्ष पुस्कर थापाले क्लवका तर्फबाट पदयात्रा टोलीलाई स्वागत गरेका थिए । सोही क्रममा स्रष्टा पदयात्राका तर्फबाट उपाध्यक्ष विमल अर्याल र महासचिव गंगाप्रसाद भेटवालले स्रष्टा पदयात्रा नेपालका गतिविधिका बारेमा उल्लेख गरेका थिए । त्यस अवसरमा खेरिया प्रवर्तक एवं चन्दरागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी ‘धडकनले’ खेारिया लेखनबारे प्रशिक्षित गरेका थिए । उक्त अवसरमा स्रष्टा पदयात्राका तर्फबाट कवि शुकदेव उपाध्याय, घनश्याम प्रसाई तथा सुवाशचन्द्र ढुङ्गेल लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए । सो अवसरमा मुनाल क्लवका तर्फबाट एकएक प्रति मुनाल क्लव स्मारिका र पदयात्रीहरुका तर्फबाट केही थान पुस्तकहरु पुस्तकालयका लागि आदान-प्रदान गरिएको थियो । पदयात्रा टोलमा सहभागी हुनका लागि डा. वालचन्द्र मिश्र ,विमल अर्याल, घनश्याम प्रसाईं, विष्णुप्रसाद शर्मा, ध्रुवराज थापा,माधवलाल श्रेष्ठ सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ प्रतीक घिमिरे, गीता रेग्मी,दीपक अर्याल,तारा केसी,लक्ष्मी थापा ,डा.यादेवी ढकाल,विजया बस्नेत,रीता खत्री,दुर्गाभवानी भट्ट,जनार्दन अधिकारी ‘धड्कन’तुलराज पाण्डेय,सरला तिमल्सिना,चेतना शर्मा, संगीता खरेल, सरस्वती सरस, मन्दिरा मधुश्री,नानीबाबा अधिकारी, अनिता कोइराला, सुभाष ढुंगेल,शोभा शरभ, जयराम बिडारी, रुबि सत्याल,साबित्रा पाण्डे ,’गाउँले’बलदेव अधिकारी,बुद्धिसागर पौडेल, बासुदेव पौडेल, राधिका कल्पित,रमा सुवेदी ‘मिरमा’ बासुदेव ठकुरी,हेमराज पुन आश्रम,शुकदेव उपाध्याय समिश्रण धारा,रविन्द्र रिजाल,श्याम अधिकारी,विष्णुप्रसाद रुपाखेती गङ्गाप्रसाद भेटवाल,एन.बि.जनकपुरी समीर सिंह,विक्रम पाण्डे लगायत अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Comments