विनायक शिक्षामा बौद्ध भिक्षुद्वारा पञ्चशील ज्ञान
असार १०, २०८२, मङ्गलबार | साँझ ०४:३० बजे | 65
मध्यपुर ठिमी, भक्तपुर
विश्व शान्ति र भातृत्वको मूल्य मान्यतालाई आत्मसात गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी, भक्तपुरमा यही २०८२ असार ९ गते बौद्ध भिक्षुहरूद्वारा पञ्चशील ज्ञान प्रदान कार्यक्रमको आयोजना गरियो। भौतिक दुनियामा हराइरहेको आजको जनमानसमा आध्यात्मिक चेतना एवं महामानव गौतम बुद्धका उपदेशहरु विद्यार्थीहरुमा सम्प्रेषण गर्ने उद्देश्यका साथ पञ्चशील ज्ञान प्रदान गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो।
भक्तपुरको मुनिबिहारका करिब ४१ जना बौद्ध भिक्षुहरूद्वारा ज्ञान प्रदान गरिएको एवं बुद्ध वाणीहरू बारे प्रकाश पार्दै जीवनमूल्य सिकाउने प्रयत्न गरिएको उक्त कार्यक्रममा बौद्ध गुरुहरुले बुद्ध धर्म र आजको विश्व विषयमा चर्चा गर्दै विश्व शान्तिका लागि सानै उमेरदेखि लाग्नुपर्ने कुरा बताएका थिए। विद्यार्थीहरूले भिक्षुहरुलाई भव्य रुपमा स्वागत गरिएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बुद्धले देखाएको बाटो चिनेर अगाडि बढ्न सके जीवन सफलताको बाटोमा पुग्न सकिने भएकाले सम्पूर्ण विद्यार्थीहरुले बुद्धबाट ज्ञान लिनुपर्ने र जीवन शिक्षालाई बुझी अगाडि बढ्नुपर्ने कुरा बताउनुभयो। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराईको विशेष निमन्त्रणामा भिक्षुहरुकाे उपस्थिति रही आयोजित उक्त कार्यक्रमको अवसरमा विद्यार्थी शिक्षक शिक्षिका तथा विद्यालयले भिक्षुहरुलाई सहयोग स्वरूप यथाशक्य दान गर्नुभएको थियो।