स्वर्गीय मेरो प्यारो भाइको नाममा....
असार १०, २०८२, मङ्गलबार | साँझ ०४:१० बजे | 785
कुमार लघु, ख्वप
भाइ सानैदखि पढाईमा मेहनती, मिलनसार, हसिलो र कम मात्र बोल्ने । किसान परिवारमा जन्मेको । माता कृष्णमाया लघु र पिता मोहन बहादुर लघुको साहिलो छोरो । उहाँको नाम न्हुछेकुमार लघु हो ।
सानैदेखि पढ्न रुचि राखिरहन्थो । पढेर देश जनताको सेवा गर्ने सोचमा तल्लिन थियो । साथीहरू विचमा पनि मिलनसार । हरेकजसो साथीहरूलाई स्वास्थ क्षेत्रमा सहयोग, विभिन्न रोग र एकस्रेवारेमा आफूले परिचय गरेको चिकित्सकहरूको वारेमा सर सल्लाह दिन्थो ।
सानोमा वासु मावि, अहिलेको वासु कलेज भक्तपुरको व्यासीस्थित स्कूलमा १० सम्म अध्ययन गरेर पास गरि ११ र १२ मा काठमाण्डौको त्रिपुरेश्वरको शान्ति मा वि कलेजमा २ वर्ष प्रविणता प्रमाणपत्रमा राम्रो नतिजामा पास गरेर रेडियोलोजिको लागि टिचिङ्ग अस्पतालको अध्ययन गर्न भर्ना भएको थियो । त्यहीवाट नै नेपालको पहिलो वायजमा निष्केको फष्ट गुरूपको हो । ५० –५२ सालको समयमादेखि त्यो हाराहारीमा काठमाण्डौको मोडेल अस्पतालवाट ड्युटीमा खटेर सेवामा लागेको हो । केही वर्ष होली गार्डेन इ. सेकेण्डरी स्कूल भक्तपुरको व्यासीस्थित स्कूलमा टिचिङ्ग पेसामा लागेको थियो ।
करिव २० वर्ष अगाडि उहाँ भाइलाई किड्नी प्रोव्लोम भएको र उपचारको निम्ति भारतको शहरमा उपचार गराएर स्वस्थ जीवन यापन गर्दै आएको थियो । हाल उहाँले भक्तपुर अस्पतालमा दशकौ समय अघिदेखि कार्यरत्त सेवामा हुनुहुन्थो । काममा दक्ष, अनुशासित सहयोगी हुनुहुन्थो ।
उहाँको रूचि डाक्टर पढ्ने चाहाना थियो । किसान परिवारले शिक्षा र डाक्टरको महत्व पिता पुर्खाले बुझेर पनि आर्थिक अवस्थाले चित बुझ्दो सहयोग गर्न नसकेकोले डाक्टर अध्ययनमा पछि हटेर रेडियोलोजिष्ट अध्ययन गरि सेवामा लाग्नु भएको जानकारी दिन चाहान्छु । हाम्रो किसान परिवारमा आमा बुबाले मीठो खाना पोषिलो खाजा खाना भनेकै तातो रोती , मकै , चिउरा हरियो साग चाकु आदी हुन्। अनेक चाँडवाडमा मासु फलफूल गेडागूडी खाना मीठो मसिनो परिवारले खाज लाउन दिएर नै हुर्कको भाइ हो । पहिले अन्न अनाज सस्तो थियो । आमाबुबा र दाइ भाइ दिदी बहिनीहरूले हारगुहार गरेर भाइलाई मद्त गरेको मेरो स्मरणमा छ थियो ।
वेलावेलामा कहि कतै गएर दुई चार दिन छुट्टेको बेलामा पनि सम्झेर मै बेठामा आएको झल्झली सम्झना छ । भाइले माया मारेर गयो । मनले मानेको छैन् । भाइ कहिले पोखरको अस्पताल र त्यस्तै दोलखाको अस्पतालमा बसेर कार्यरत्त रहेको मलाई सम्झना छ । उहाँको बैबाहिक जीवन २५ वर्ष अगाडि भएको अनुमानमा छु । उहाँको परिवारमा अहिले श्रीमती र छोरा शुभम् लघु हुनुहुन्छ । छोरा अहिले ख्वप इन्जिनिएरिङ्ग कलेजमा ऋयmउगतभच कअष्भलकभ मा अध्ययन गर्दै हुनुहुन्छ।
भाइको स्वभाव आफ्नो कर्तव्य निर्वाह गर्ने कसैलाई चित नदुखाउने सकेको सहयोग गर्ने मुस्क हास्ने रसिलो व्यवहार साथीहरूसित मिल्ने
शान्त स्वभावको थियो । म कहाँ आउँदा नि दाइ चिया पिउनु भयो ? अनि पिए भनेर भन्थे म एक पटक बगरको खेत बाली हेरेर आउँछु भन्यो केहिवेर वसेर म जान्छु दाइ भनेर समय समयमा आईरहनु हुन्थो ।
भाइ बहिनीहरू मेरो सल्लाह स्वस्थमा असर हुनेगरी कुनै कार्यर्हरू गर्न गराउन हुन्दैन् भन्न् चाहान्छु। पानी परेको वेलामा रूजेर हिड्न हुदैन् । मोटर साईकलमा आउँदा जादा पानी पर्ने वेलामा कतै ओट लागेर वस्नुपर्छ ।
भाइलाई भक्तपुर अस्पतालमा हप्ता दिन उपचारमा राखीयो । उहाँको जन्म २०३५ साल श्रावण ५ गते भएको थियो । उहाँ वर्ष ४७ –४८ वर्ष भयो। त्यहाँवाट टिचिङ्ग अस्पतालमा ३० दिन जति उपचार गरियो । उपचारको कुनै सिप लागेन अन्तमा यस संसारवाट विदा लिएर गयो । मन त भारी भै राखेको छ। उहाँको मृत्यु २०८२÷३÷८ गते भएको थियो । भाईको स्वर्गारहण भएकोले वैकुण्ठ वास होस् । परिवार जनमा धैर्य धारण गर्न सकोस् र परिवार प्रती समवेदना प्रकत गद्र्छु । शुभम्
२०८२÷३÷१०