पोखरामा विद्यार्थीहरूको नेतृत्वमा “Himal Youth BIZ Festival 2082” हुने
असार १०, २०८२, मङ्गलबार | विहान ०९:१८ बजे | 105
पोखरा
हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखरा र डायनामिक एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीद्वारा सञ्चालन हुने Himal Youth BIZ Festival 2082 आउँदो असार १४ गते, शनिबार हुने भएको छ।
कक्षा १२, BBS तथा स्कुल तहका विद्यार्थीहरूकै सहभागिता, व्यवस्थापन र नेतृत्वमा कार्यक्रम सञ्चालन गरिनेछ।
फेस्टिभलमा नेपाली उत्पादनहरूको प्रदर्शनी, १५+ स्टल, करियर गाइड, परामर्श सेवा, मनोरञ्जनात्मक खेल, सांस्कृतिक प्रस्तुति, साथै SEE र +2 appear विद्यार्थीहरूका लागि विशेष छुट र उपहारहरू समेत रहने छन्।
कार्यक्रम विवरण:
मिति: २०८१ असार १४, शनिबार
समय: बिहान १०:०० बजेबाट
स्थान: हिमाल कलेज परिसर, पोखरा-८, बगाले टोल
प्रवेश: निःशुल्क
ECA Coordinator शिशिर ज्ञवालीको भनाइ:
“विद्यार्थीहरू आफै आयोजनाको सम्पूर्ण प्रक्रिया सिक्दै, नेतृत्व, समन्वय र सिर्जनात्मक सीपको अभ्यास गरिरहेका छन्। यस्तो व्यावहारिक अभ्यासले उनीहरूलाई भविष्यका सफल उद्यमी र व्यावसायिक अगुवा बन्न सहयोग पुर्याउनेछ।”
Senior Administration विनोद गिरीको भनाइ:
“हाम्रो कलेजको मूल उद्देश्य विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यावहारिक अवसरहरूद्वारा सक्षम बनाउनु हो। यस फेस्टिभलमार्फत विद्यार्थीले समाजसँग जोडिने, व्यवसाय बुझ्ने र आफ्ना क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्, जुन अत्यन्त सकारात्मक अभ्यास हो।”
आयोजक टोलिले SEE तथा +2 परीक्षा दिएर बसेका विद्यार्थीहरू, अभिभावक, शिक्षक, समाजका अगुवा र सम्पूर्ण शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
.jpg)