गीत गोविन्द भजन एक परिचर्चा
असार १०, २०८२, मङ्गलबार | विहान ०७:२३ बजे | 245
डा इन्दुल केसी
१. प्राक्कथन
श्री जयदेवज्यूले रचना गर्नुभएको गीत गोविन्दम नामको गीति काव्य संस्कृत साहित्यमा अति उच्च स्थान छ । शास्त्रीय सङ्गीतको लयमा गाइने यो भजन, विभिन्न देवमन्दिरहरुमा, भारत, नेपालका भजन मण्डलहरुमा व्यापक प्रयोग भइ आएको छ । महाकवि जयदेवलाई भविष्यपुराणमा द्वितीय सूर्य अथवा सूर्यको अवतार भन्ने उल्लेख छ । गीत गोविन्दमा पाइने आध्यात्मिक चिन्मय प्रेमको अभिव्यक्तिलाई उच्चतम श्रृङ्गारिक अभिव्यक्ति भनी मान्दछन् । जीवनमा श्रृङ्गार रसको सोपान गर्ने नैसर्गिक अधिकारलाई ईश्वरीय तत्व जोडेर लेख्ने हजारौं वर्ष अघिका कवि जयदेव हुन् । सम्भोग र विप्रलम्भ श्रृङ्गारको यो भजन अत्यन्त मनमोहक शब्द सजावटले भरिएको एउटा अतुलनीय कृति मानिन्छ । यस कृतिलाई कसैले ईश्वरीय भावनामा तन्मयता जगाउने यस कृतिमा छ भन्छन् । कसैले प्रकृति र पुरुषको सम्बन्धलाई नारी र पुरुषको तादात्म्यता भएको मान्दछन् । कसैले भगवानको लीला वैचित्रयको रसामय आश्वादन दिलाउने भन्दछन् ।
२. भजनको अनुवाद
जयदेवको गीतगोविन्द मूल संस्कृत भाषामा लेखिएको छ । यसलाई भारत नेपाललगायत विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् । नेपालका श्री जीवनाथ उपाध्याय अधिकारीज्यूले नेपाली भाषामा अनुवाद गर्नु भएको छ । यसरी नै प्रा. कुमारधर शर्माज्यूले नेपाल भाषा (नेवाः भावर्थ)मा गर्नुभएको छ । हुन सक्छ अन्य व्यक्तिहरुले पनि अनुवाद गरिएका होला ।
३) जयदेवको परिचय
कवि श्री जयदेव वङ्गालको वीरभूम जिल्लाको अजय नामको नदीको किनार केन्द्र विल्व नामको गाउँमा भएको थियो । उनी बाबु भोजदेव र आमा राधादेवीका छोरा हुन् । वङ्गालको अन्तिम राजा लक्ष्मण सेनको सभामा यिनलाई राजाको विद्धान्को रुपमा यिनलाई प्रतिष्ठित मानिन्छ । श्री चैतन्यदेव (गौरङ महाप्रभु) चैतन्यदेवका शिव्य राजा प्रताप रुद्रदेव (१६औं शताब्दी) गुजरातका राजा शाङ्र्गदेव (१९९१ ईस्वी) को एउटा शिलालेखमा गीत गोविन्दको श्लोक रहेको पाइन्छ । नेपालमा वसन्त ऋतुको प्रारम्भमा यसै पुस्तकमा रहेको वसन्त वर्णन श्लोल पढ्न लगाएर चलाएको प्रथा हालसम्म चलिरहेको छ । प्रत्येक वर्ष श्रीपञ्चमीको दिन काठमाडौंको नौतल्ले दरबारको चोकमा यो गीत गोविन्दको एक भजन गाउन लगाएर वसन्त श्रवण गरिन्छ ।
४) पुस्तक विवरण
यस पुस्तकमा ८ वटा सर्गहरु छन् । सर्वप्रथम दशअवतार स्तुति, त्यसपछि श्रितकमला, ललितल, विहरति, मामियं, निन्दति वहति मलय, पश्यति, स्मरसमरोचित अत्तान्तरे ई. गरी जममा २४६ पदहरु छन् । २४६ पदहरुलाई २५ वटा गीतहरुमा समावेश गरिएका छन् । प्रत्येक गीतहरुका सुरुमा प्रयोग भरिएका राग र तालको नाम दिइएको पाइन्छ ।
यस पुस्तकमा रहेका रागहरु ः– मालव गोज्राग, गुर्जुरा, वसन्ती, राम किरिते, कर्णाटके, देशरव्य, विभसे, भैरव, वराडी, गुणकारी, देश वराडी ।
तालहरु १) रुपक २) निसार ३) यति ४) एक ताल, ५) अष्टताले
५) रति कृया
प्रत्यके जिवात्माहरुमा पुरुष स्त्री (भाले र पोथी) दुई भिन्न वर्गमा विभक्त छन् । शारीरिक भौतिक रुपमा श्री दुई वर्ग विभक्त भएतापनि एक अर्काको बीचमा घनिष्ट सम्बन्ध छ । परिपुरकमा रहेकोले एक अर्कोबीचमा स्नेह, माया प्रितिको कारण एक जोडिको रुपमा रहन बस्न लालायित हुन्छन् । दुवैको मिलनले श्रृष्टिको विस्तार हुन्छ । बालबालिका अवस्था पछि जब युवायुवतीको अवस्थामा आइपुग्छ, तब तिनीहरुलाई खान लाउने भौतिक वस्तुको अतिरिक्त रति कृया गरी आनन्द लिन चाहन्छ । यो प्राकृति, स्वभाविक, जैविक कारणले दुईजना मिलेर रतिकृया÷यौन क्रिया÷संभोग (क्भ्ह्) गर्न मन पराउँछ । दुईजनाको मिलन रतिकृयाले महिला गर्भवति भई सन्तान पैदा गर्छन् । यो संसारको रित हो । कतिपय मानिसको विचारमा संभोगबारे चर्चा भएको उचित छैन भन्ने पनि गरिन्छ । विभिन्न विद्वान, लेखकको भनाइहरु ः
भगवान ओशो रजनिसले लेख्नुभएको पुस्तक संभोगसे समाधिकी ओर विश्व प्रसिद्ध छ । सेक्सकी शक्तिही, कामकी शक्तिही से प्रेम बनती है । मनुष्य कभी कभी भी काम से मुक्त नहीं हो सक्ते । समाधि संभोग उर्जाका आध्यात्मिक नियोजन होता है ।
यो गीत गोविन्द भजनमा कृष्ण र राधाको, गोपीनीहरुको बीचमा भएको अश्लिल विवरण भएकोले यसको चर्चा गर्नु राम्रो छैन भन्ने मानिसहरु पनि छन् ।
६) अन्तमा
कवि जयदेवज्यूले रचना गर्नुभएको गीत गोविन्द भजनमा श्री राधाकृष्ण, गोपिनीहरुमा भएको प्रेमलिलाहरु धार्मिक, प्राकृतिक, कला, संस्कृति, राग, ताल आदि बारेको एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मान्नुपर्छ । यसै कारणले यसमा रहेका भजनहरु नेपाल र भारतको भजन मण्डलहरुमा व्यापक प्रयोग भइ रहेको भन्ने तथ्यलाई नकार्न सकिन्न । रचनाकार कवि जयदेव, अनुवादक जीवनाथ उपाध्याय अधिकारी, प्रा. कुमारधर शर्मा ज्ञानी, भजन गायन गर्ने सबै भजन मण्डलका गायक, गायिका, भक्तजनहरु सबैलाई मेरो साधुवाद । जय राधाकृष्ण । शुभम् ।
०००
