पाठकपत्रः मोहियानी हक (निवेदनसहित)


असार ८, २०८२, आइतबार | विहान ०९:०७ बजे | 115


पाठकपत्रः मोहियानी हक (निवेदनसहित)

मिति २०८२ असार ५ गते चाँगु नगरपालिका वडा नं ९ कार्यालयमा सोही वडाको तैकाबु चोलापामा धान रोप्ने विषयमा विवाद हुँदा ठूल्ठूलो स्वरले कराइराखेको देखियो । कुरा मोहीयानी हक सम्बन्धमा भुमिसुधार कार्यालय भक्तपुरमा मुद्दा रहेको हुनाले भक्तपुर जिल्ला साविक ताथली गा.वि.स. वडा नं ९ (क) हाल सोही चाँगुनारायण नगरपालिका वडा नं ९ को कि.नं. ३५८ को क्षेत्रफल १–१०–०–० जग्गा ५ टुक्रा गरी कित्ताकाट भै कि.नं. १८२८, १८२९, १८६९, १८७०, १८३१ कायम हुन गएको जग्गाहरु मोहीयानी हक सम्बन्धी मुद्दा नटुङ्गिएसम्म भुमि तथा मालपोत कार्यालय भक्तपुरबाट किनबेच रोक्काको लागि २०७८ साल मंसिर २६ गते  जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दिई सोबारे मालपोत कार्यालय भक्तपुरमा सो किनबेच गर्दा सम्बन्धीत मोहि अथवा जोत भोगचलन गर्दै आएका व्यक्तिलाई सम्पर्क गरी मात्र गर्न पाउने गरी उक्त फाइलमा लेखि श्रेष्टामा राखेको जग्गा अहिले किनबेच भई जग्गा खरिद गर्ने व्यक्ति भोगचलन गर्न आउँदा खेति जोत कमोत गर्दै आएका प्रजापतिले खेतमा पाइला टिक्न नदिँदा उक्त विवाद वडा कार्यालय पुगेको देखिन्छ । 
यदि उक्त जग्गा खरिदविक्रि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले टोक आदेश भई नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको उपस्थितिमा भक्तपुरका मालपोत कार्यालयका हाकिम र कर्मचारी बसी उक्त जग्गा किनबेच रोक्का राख्ने आश्वासन समेत दिएको थियो । तर उक्त जग्गामा केही कित्ता जग्गा २०७९ बैशाख जेठ तिर स्थानीय चुनाव हुने बेला कार्यवाहक वडाध्यक्षले घरबाटोको आधारमा पास गरेको भनि स्थानीय पवन श्रेष्ठ जग्गा भोगचलन गर्न आउँदा विवाद भयो । वडामा वडाध्यक्ष र भद्र भलादमीहरुको छलफल पनि यो मुद्दा अहिले सम्मानीत सर्वोच्च अदालतमा गइरहेको छ र उक्त जग्गा जोत कमोत गरि आएका प्रजापतिहरुले नै भोगचलन गर्ने गरी सम्मानीत सर्वोच्च अदालतको फैसला अनुसार पछि जग्गा भोगचलन कसले गर्न पाउने नपाउने निर्णय अनुसार मात्र जग्गा भोगचलन गर्न पाउने सहमति पछि विवाद साम्य भयो । तर यहाँ अहिलेलाई विवाद त सकियो तर रोक्का राखेको जग्गा मालपोतका कर्मचारीहरुले उक्त जग्गा खरिदविक्रि गर्दा ध्यान पु¥याएको भए अथवा नियमसंगत इमान्दारपूर्वक काम गरेको भए, घुस नखाई काम गरेको भए उक्त विवादित जग्गा किनवेच हुने थिएन । नेपालमा सर्वेक्षण हुँदा बढी भ्रष्ट्राचार हुने स्थान मध्ये मालपोत कार्यालय पर्छ । यसरी आफ्नो साख गुमाई सक्दा पनि अहिले पनि इमान्दारिकासाथ मालपोत कार्यालयलाई लागेको यो नकारात्मक कुराहरु सुधारेर राम्रो काम गर्छु र यहाँका कर्मचारीहरु निष्पक्ष, असल, इमान्दार, नियमानुसार काम गर्ने हाकिमहरु अब नेपालमा आउँदैनन् ? अन्याय, अत्याचार, भ्रष्ट्राचार, अनियमितता विरुद्ध संघर्ष गर्ने क्रान्तिकारी जन्मिदैनन् । अवश्य रामायण र महाभारतमा समेत जब जब अन्याय र पापको घरा बढ्छ त्यस बेला न्याय र धर्मलाई जोगाउन नयाँ अवतारहरु लिने हामीले फिल्म र कथा हेरेका र सुनेका छौं । आशा छ सत्यको निम्ति यो पाठक पत्र छापिदिने आशा व्यक्त गर्न चाहन्छु । साथै त्यतिवेला जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यूलाई दिएका निवेदन समेत मेरो हातमा प्राप्त भएकोले पाठकको जानकारीको लागि उक्त निवेदन समेत पेश गरेको छु । 
विद्रोही आर.के. बासुकला

(निवदेनको कपी जस्ताको तस्तै)
मिति २०७८।८।२६ गते
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय, 
भक्तपुर ।
बिषय ः जग्गा किनबेच रोक्का राखी मोहीयानी कायम सम्बन्धमा ।
महोदय, 
    उपरोक्त सम्बन्धमा म निवेदकको मोहीयानी हक सम्बन्धमा भुमिसुधार कार्यालय भक्तपुरमा मुद्दा रहेको हुनाले भक्तपुर जिल्ला साविक ताथली गा.वि.स. वडा नं ९(क) हाल ऐ.चाँगुनारायण नगरपालिका वडा नं ९ को कि.नं. ३५८ को क्षेत्रफल १–१०–०–० जग्गा ५ टुक्रा गरी कित्ताकाट भै कि.नं. १८२८, १८२९, १८६९, १८७०, १८३१ कायम हुन गएको जग्गाहरु मोहीयानी हक सम्बन्धी मुद्दा नटुङ्गिएसम्म भुमि तथा मालपोत कार्यालय भक्तपुरबाट किनबेच रोक्काको लागि श्रीमान समक्ष यो निवेदन पेश गर्न आएको छु । 
    म निवेदक भुमि सम्बन्ध ऐन २०२१ को दफा २६(१) नं बमोजिम श्री भुमि सुधार कार्यालय भक्तपुरमा २०७४।८।१ गते निवेदनपत्र पेश गरेका थियौं । माथि उल्लेखित जग्गाहरु लतन कुमार प्रजापतिको नाममा १ नं लगत र ४ नं अस्थायी निस्सा समेत प्राप्त भई मोहीको हैसियतबाट उक्त जग्गाहरु जोतभोग गर्दै आएको अवस्थामा निज मोही लतन कुमार प्रजापतिको आफ्नो कालगतीले मिति २०४९।१२।११ गते परलोक भई निजको हकवाला म निवेदक नाति रामकृष्ण प्रजापतिले जोतभोग गर्दै आई रहेको छु । तसर्थ उक्त भक्तपुर जिल्ला साविक ताथली गा.वि.स. वडा नं ९(क) हाल ऐ.चाँगुनारायण नगरपालिका वडा नं ९ को कि.नं. ३५८ को क्षेत्रफल १–१०–०–० जग्गा ५ टुक्रा गरी कित्ताकाट भै कि.नं. १८२८ को क्षे.फ. ०–५–०–० जग्गा, ऐ.ऐ. १८२९ को क्षे.फ. ०–८–०–० जग्गा, ऐ.ऐ. १८३१ को क्षे.फ. ०–३–०–० जग्गा, १८६९ को क्षे.फ. ०–३–०–० जग्गा, ऐ.ऐ. १८७० को क्षे.फ. ०–७–०–० जग्गा लतन कुमार प्रजापतिको नामबाट म निवेदकको नाममा मोहियानी नामसारी गरी मोही प्रमाण पत्र पाउँ भनि निवेदन पेश गरेकोमा उक्त जग्गा २०६५।११।८ मा बाबुकाजी शाखकर्मीले उक्त जग्गा सहित १२ वटा कित्ता जग्गा मोही नामसारी गरी मोही लगत कट्टा गरिराखेको २०७८।८।१९ गते उक्त मुद्दाको पेशिको दिन भुमि सुधार कार्यालयका कार्यालय प्रमुखले कर्मचारी बोलाएर सोधखोज गरीपछि मोही लगत कट्टाको मिसिल देखायो । 
मोही नामसारीको निवेदन दिएको ४ बर्ष पछि मात्र साखकर्मीहरुले लगत कट्टाको फाईल प्राप्त भएपछि त्यसको नक्कल लिई हेर्दा उक्त जग्गा मोही महलबाट लतंकुमार प्रजापतिको नाम हटाएर लगत कट्टा गर्न तत्कालीन ताथली गाविस सचिवले भुमिसुधार कार्यालयको नाउँमा मोही नामसारी गर्दा जग्गा कसले जोतभोग गरी आएको ? मोही लगत कसको नाउँमा छ ? केही नहेरी र स्थलगत सर्जमिन पनि नगरी हचुवाको भरमा सिफारिस गरेको साथै भुमिसुधारको निर्णयमा उल्लेख भएझै साखकर्मी र प्रजापति एकै परिवारका होइनन् र भुमि सुधार कार्यालयको १ नं मोही लगतमा पनि कि.नं.३५८ को जग्गा साखकर्मीको देखिँदैन बरु लर्त कुमार प्रजापतिको देखिन्छ । नापी कार्यालय भक्तपुरको फिल्डबुकमा कि.नं. ३५८ को जोताहा महलमा लतं कुमार प्रजापति भ.पु.तौलाछें उल्लेख भई त्यसैको जोताहा किसानको व्यहोरामा यो जग्गा मेरै हो जोति आएको भनि प्रजापतिले नै जोति आएको भन्ने स्पष्ट हुँदाहुँदै भुभिसुधारले निर्णय गर्दा जोती आएको शब्दलाई गलत व्याख्या गरी मोही लगत कट्टा गरेको देखियो । जोताहा महलमा लतंकुमार प्रजापति स्पष्ट देखिएकापछि भुमिसुधारले लतंकुमार प्रजापतिलाई हकदावीको सुचना समेत नदिइ बदनियत पूर्वक लगत कट्टा गरेको छ । यसरी निर्णय गर्दा म किसानको हक अधिकार समेत हनन् भई अन्याय हुने भएकोले न्यायको निम्ति भुमिसुधारको दुषित निर्णयहरु बदरको लागि श्रीमान समक्ष यो निवेदन पेश गर्न आएको छु । श्रीमानको जो आदेश ।
संलग्न कागजातहरु ः
क) भुमि सुधार कार्यालय भक्तपुरमा दिएको निवेदनको फोटोकपि 
ख) १ नं लगतको फोटोकपि
ग) २ नं अस्थायी निस्साको फोटोकपि
घ) फिल्डबुकको फोटोकपि
ङ) भुमि सुधार कार्यालय भक्तपुरको निर्णय कपि
च) नगरपालिकाको सिफारिसको फोटोकपि
६) नाताप्रमाणितको फोटोकपि
ज) नागरिकताको फोटोकपि
निवेदक
ईति सम्बत २०७८ साल मंसिर २६ गते रोज १ शुभम् ............................................
विद्रोही आर.के. बासुकला
 

Comments