विनायक शिक्षा निकेतनमा व: फेस्टिवलका साथै विदेशी स्वयंसेवकहरूको विदाई


असार ७, २०८२, शनिबार | राति ०८:३७ बजे | 55


विनायक शिक्षा निकेतनमा व: फेस्टिवलका साथै विदेशी स्वयंसेवकहरूको विदाई

स्थानीय पाठ्यक्रमको उद्देश्य परिपूर्ति गर्नको लागि विनायक शिक्षा निकेतनले विद्यार्थी भाइबहिनीहरूलाई स्थानीय रैथानी खानाका साथै चाडपर्व बारेमा विद्यार्थी भाइबहिनीहरुलाई जानकारी दिने का साथै बजारिया खानेकुरा भन्दा आफ्नै मौलिक खानेकुराहरू लाई विद्यालयमा खाजाको रूपमा खाने बानी बसाल्ने उद्देश्यले केही वर्ष अगाडिदेखि विद्यालयले यस्ता कार्यक्रमहरू गरिँदै आइरहेको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताउनुभयो| साथै विद्यार्थी भाइबहिनीहरू मा व्यावसायिक ज्ञान तथा उद्यमशीलता को विकास गर्नमा पनि यस्ता कार्यक्रमहरूबाट मद्दत पुग्ने विश्वास विद्यालयले गरिएको छ। सो फेस्टिवल कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले आफ्नै घरमा व चटामरी र अन्य परम्परागत खाने कुराहरु पकाएर विद्यालयमा बिक्री वितरणको लागि स्थलहरु राख्नुभएको थियो भने केही विद्यार्थीहरूको समूहले विद्यालय मा नै व:,चटामरी र अनेक परम्परागत खानेकुराहरु तयार गरी विद्यार्थी ,शिक्षक र अभिभावक, आगन्तुक तथा अतिथि महानुभावहरूलाई बिक्री गर्नुभएको थियो| त्यसैगरी विद्यालयमा दुई हप्ता अगाडिदेखि कार्यरत नेशनल ताइवान युनिभर्सिटी बाट पाल्नुभएका स्वयंसेवक शिक्षक शिक्षिकाहरूलाई विदाई कार्यक्रमको आयोजना पनि गर्नुभएको थियो। ताइवानी स्वयंसेवक शिक्षकहरूले विद्यार्थी भाइबहिनीहरूलाई चिनिया भाषा संस्कृति र विज्ञान तथा प्रविधिका बारेमा सिकाउनु भएको मा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले उहाँहरुलाई खादा र मायाको चिनो प्रदान प्रदान गरी धन्यवाद ज्ञापन गर्नुभयो| सो विदाई कार्यक्रममा विनायक शिक्षा निकेतनका विद्यार्थी भाइबहिनीहरूले परम्परागत नाच अष्टमात्रिका र अन्य सांस्कृतिक नाच प्रस्तुति दिनुभएको थियो भने ताइवानिज स्वयंसेवकहरूले पनि आफ्नो मौलिक नाच र गायन प्रस्तुति दिनुभएको थियो। ताइवानी स्वयंसेवक समूहका टोली नेता जेनिफरले विगत १० वर्ष अगाडिदेखि नेसनल ताइवान युनिभर्सिटी र विनायक शिक्षा निकेतनको सहकार्यमा नियमित रुपमा यो कार्यक्रम भइरहेको जानकारी गराउनुभयो | सो का लागि विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यो कार्यक्रम निरन्तर हुने उहाले आशा व्यक्त गर्नुभयो|

Comments