शुरभि साहित्य प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा


असार ७, २०८२, शनिबार | विहान ०७:१० बजे | 10


शुरभि साहित्य प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

काठमाडौं

शुरभि साहित्य प्रतिष्ठानको आज बसेको बैठकले 'सुरभि - मुना - पुष्कर चालिसे छन्द कविता पुरस्कार' २०८२ को घोषणा गरेको छ । प्रतिभा चयन समितिको सिफारिसलाई अनुमोदन गर्दै महाकाब्यकार श्री रमेश खकुरेललाई यस वर्षको छन्द कविता पुरस्कार अर्पण गरिने जनाइएको छ । दोसल्ला, सम्मानपत्र सहित नगद रु.२५ हजारको छन्द कविता पुरस्कार यसै वर्षबाट अर्पण गर्न थालिएको जानकारी प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले दिनु भयो । आगामी आषाढ २१ गते हुने बिशेष कार्यक्रममा उक्त पुरस्कार समर्पण गरिने जनाइ‌एको छ । पुरस्कारकालगि प्रतिभा चयन समितिमा संयोजक गोविन्द घिमिरे वेदमणि तथा सदस्य मेनका पोख्रेल आचार्य र परसुराम पराशर रहनु भएको थियो। सोही दिनमा छन्द बिशेष कवि गोष्ठी तथा सुरभि साहित्य प्रतिष्ठानले नियमित रुपमा आयोजना गर्दै आएको मासिक कथा बाचन पनि सञ्चालन हुने जनाइएको छ।

Comments