असारको घामले पोल्यो
असार ३, २०८२, मङ्गलबार | साँझ ०६:१२ बजे | 85
भाइबहिनीहरू नमस्कार ,
आज असारको ३ गते पानी पर्नु पर्ने बेला हामी खेतमा तर पानी घामले खेतामा काम गर्नेहरूको कपाल निधार पाखुरा र खुट्टा नली र तिघ्रा समेत घामले डढ्ने भयो । हेर्नुस् त क्या चर्को घाम पहिला पहिला भए त सितल गरेर आकाश छोपी दिन्थो । असार भयो कि पानी परि रहन्थो । अहिले त जुन पनि कडा । घामै कडा पानी परेनी कडा साना तिना घर खेत उड्ने गरि हावाहुरी बतास चल्ने छाना उडाउने र गरिव बेसाहाराहरूलाई दु:खमा दु:ख थप्ने भयो ।
किसानलाई आजको कडा घामले शरिरका विभिन्न भागहरू डढ्ने घाम लाग्यो है । खेत खालिहानमा भएको हिजो राती परेको पानीले जमिनमा अलि पानी अलि जम्मा भएको थियो । त्यही पानी चर्को घामले आकाशै तिर लिने विचार गरेको देखिन आयो । कडा घाम साथै काम गर्ने किसानहरू घरमीले आलु उसिनेको जस्ताे निठुर्क घामले जिऊ नै पसिनै पसिनाकाे धारोले शरीर निथुर्की तवर्ले घामले अशक्त वनाई दिएकाछन् । यो वेला अति गर्मी हुने ऋत्रु पनि हो । ऋतुहरू ६ प्रकारका छन्। हेर पर्मेश्र्वर किन किसानलाई मात्र किन दु:ख ? किसानलाई घाम मात्र चर्को भयो । के काम लगाउन सक्नु हुन्दैन् ? सकिन्छ भने पानी पारेर खेतमा पानी जम्मा गर्ने समयमा कति किसानलाई आज दु:द दिएको हेर्नुस् । खेतमा भएको पानी नै सूर्यको तापले सुक्दै गएको छ । हुन त धेरै गर्मी भएमा पानी पर्छ भन्छन् । आज २:३० को तापक्रम चर्केको पक्कै हो । भाइ बहिनीहरू जग्गामा धान रोपनु पर्छ । जग्गा बाझो राख्न हुदैन् । तिमीहरूले पनि आमा बुबा भाैजुकाका काकीहौलाई,निनी ,फुपुहरू र छिमेकीहरूलाई समय भएमा सघाई देऊ । ठूलो गुण लाग्नेे छ । घरवाट खेतमा धान रोपेर मुरी फल्न दिन पर्छ । धान रोपेर ६-७ महिनामा मात्र धान फल्छ र काट्न हुने हुन्छ । आजको घाम चर्को छ । आजलाई यही लेखेर विदा हुन्छु । मैले सुने अनुसार असारको ६ गतेदेखि गर्मी विदा हुने कुरा सुनेको कति सत्य हो ? असारको झरी हुनु पर्ने वेला घाम लाग्नु अनाैठो लाग्याे। तपाईहरूले विचार गर्नु होला । धन्यवाद २०८२/०३/०३
