अब हुने भयो लडाई .


असार २, २०८२, सोमबार | साँझ ०४:५९ बजे | 35


अब हुने भयो लडाई .

भाइबहिनीहरू नमस्कार,
आज असारको २ गते भयो । असारको दोश्रो दिन पानी पनि प–र्यो । गएको राती पनि पानी प–र्यो । किसानहरू खुसी हुने भयो । असारलाई त वर्षाको पानी चाहिन्छ । वर्षा भएर नै रोपाई हुन्छ । रोपाई गर्नलाई पानी नपरी हुदैन । पानी परेमा खेतको खला भरेपछि माटोको काम गर्न सजिलो हुन्छ । आलि राखेर पानी खेतमा खलामा थुन पाईछ । खेतमा पानी थुनेर मानिस वा ट्याकटरले खनेको माटो कुटो कोदालो, फरूवा क्वा क्वाचाले ड्याङ खनेर सम्याउन पाईछ । बापास्या गरेर रोपाहाहरूलाई विऊको व्याडवाट विऊ उखेलि माना छरेको मुरी लिनलाई धानको विऊ रोपेर आनन्द लिन पाईने समय किसानको हो यो वर्षाको मौसम हो।
काम गर्ने बेलामा गर्मी हुन्छ । गर्मीले हात खुट्टा र अनुहार कालो हुन्छ । काम गरेर महिला पुरूषको कम, कति दुःख छ । कयान गरेर साध्य छैन् । जति दुःखे नी रोपाई नसकेसम्म त काम नसिकिन्जेल काम गर्नैपर्छ । 
 धानको चामल मज्जाले खान साह्रो र गाह्रो भन्न नि पाईन्दैन् । अझ घरको मुली सासू र ससुरा भएको घर खेत हुनुपर्छ । गालि कडा वचन कथा कति सुनुपर्ने हुन्छ । सासू बुहारीहरूले शुभ विहानि मै उठेर खाजा रोती र खाना विहानै तयार पार्नुपर्छ । खाना खाजा तयार पारेर खेतमा बोरामा र तिनमा राखेर विहानलाई खाना र दिउँसोलाई खाना बोकेर धान रोपने खलामा मजवुटका साथ लग्नु थप जिमेवारीको कुरा हो। किसानको जिन्दगी कठिन छ । भाइ बहिनीहरू 
केही कुराहरू त बाबू र बहिनीहरूलाई पनि थाहा लागेकै छ होला हो ? 
 तिमीहरू पनि आमा बुबा धान रोप्ने भन्यो कि खेतमा जान तयार हुन्छौ हो ?  
 खेतवाट धानको चामल नआईकन भात खानलाई मुस्किल हुन्छ । हामीलाई आमा बुबा र बाजे वजैले दुःख मेहनत गरेर ख्वाएको अवस्थाको समयलाई नियाल्ने गर्नुपर्छ । यसो म सानो छदा मेरो आमाले बुबा विहान झिसमिसेमा खर्पन घुम कोदालो कुटो विऊ बोकेर खेत गैसकेको  बुबालाई खाजा खाना र मल बोरामा बोकेर लगेको अहिले पनि याद आउँछ । मैले भाईहरूले लगणन सकेपछि मात्र आमा बुबा र निनीहरूले बोकेर लग्न परेन। जहिले दाइ तपाईले पु–र्याई आउनुस् भनेको र कहिले भाईहरूलाई काम अह्राउँदा लगेको यादमा याद थपिरहन्छ । 
हामी चार भाइ दाइ र बुबासित खेत खनेको झल्झली याद आईरहेकाछन् । 
भाइ बहिनीहरू अहिले हामी सानो छदा कमाई गरि जोरेकोरे लानपालन गरि खुवाउने बुबा ८७–८८  र आमा ८५–८६ भएको छ । अहिले मेरो आमाले मकै रोटी तरकारी ल खाऊ विहानै आएको खाऊ खाऊ भनेको यादै छ । अहिले त मकै फल्ने मकैवारी बाझो छ। एक दुई वर्ष त धान पनि रोपेका थियौ । अहिले मकैवारी लाजबा घाँसे मैदानमा परिवर्तन भयो । चित त यसले पनि दुखेको छ । सबै भाइ बहिनीहरू मिलेर काम गर्दा सजिलैसंग कमाई र अन्न पात फल्छ । एकले गरे केही हुन्न्  सबै मिली गरे जुन पनि सजिलैसित सकिन्थो । 
अब केही दिनमा धानको विऊ उखेर भाइ बहिनीहरू धान रोप्न उत्साहित हसने मौका आउँछ । धान रोप्न त पक्कै तयारी अवस्थामा होला भन्ने आसावादी छु । धान रोप्न जादा दौतरीहरूसित पानी जम्मा भई  राखेको ठाउँमा पानीमा खेलेको र हिलारो पानीले एकले अर्कालाई छ्यापेको पनि सम्झना ताजै छ । लुगा नै फुकाल्न नपाईको अवस्थामा हिफरलोलृ छ्यापे, लुगामा हिलोले हानेको झल्झली याद छ । म त कति बेर रोएको थिए। बल्ल बल्ल आमाले आँसु पुछेको दोहोरो सम्झना छ।

यो वर्षा भएर रोपाई राम्रो होला कि ? रोपाई गर्न नि बल चाहिन्छ । विहानदेखी वेलुका ७–७ः३० सम्म खटेर काम सम्पन गर्नु पर्ने हुन्छ । रोपाईमा लहरै बसेर खाजा खाई रहर गर्नु नि जिवनमै सम्झना आउने दिन हो । 
लौ त भाइ बहिनीहरू म त धान रोप्नलाई खेत खन्न गए धान रोप्नलाई आउनु हुनेले मलाई खवर गरेर जानकारी दिनुस् आजलाई विदा हुन चाहान्छु।
२०८२÷०३÷०२

Comments