विनायकमा ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको स्वागत
जेठ २७, २०८२, मङ्गलबार | राति ०८:३७ बजे | 380
मध्यपुर ठिमी भक्तपुर
आजका हरेक बालबालिका भोलिका विश्व नागरिक हुन्। उनीहरूको सर्वाङ्गिण विकास हुनुपर्दछ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ जेष्ठ २७ गते १२ जना ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्यो। ताइवान नेसनल युनिभर्सिटीबाट चाइनिज भाषा संस्कृति त्यहाँको प्रविधि तथा विज्ञान engineering र accountingका विषयमा विद्यार्थीहरूलाई सिकाउन तथा नेपाली संस्कृति, भाषा, शिक्षण विधि र पद्धतिहरू बारे विचारहरु आदानप्रदान गर्न ती स्वयंसेवक शिक्षक शिक्षिकाहरु हरेक वर्ष विद्यालयमा आउने गरेको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराउनु भयो ।नेपाली संस्कृति अनुसार विद्यार्थीहरूले लामबद्ध भई गडगडाहट तालिका साथ खादा उडाएर उनीहरूलाई स्वागत गरिएको थियो। ती स्वयंसेवक शिक्षक शिक्षिकाहरुले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा लिनेछन् भने रोबोटिक, कम्प्युटर प्रविधि ,विज्ञान तथा इन्जिनियरिङ एवं accountingका विधिहरू विद्यार्थीहरूलाई सिकाउने छन्। स्मरण रहोस् विद्यार्थीहरुलाई भोलिका दिनमा संसारभर टिक्न र बिक्न सक्ने सक्षम ,स्वावलम्बी र आत्मनिर्भर बनाउन संसारका विभिन्न विश्वविद्यालयका शिक्षाकर्मीहरूसँग विद्यालयले स्थापनाकालदेखि नै सहकार्य गर्दै आइरहेको छ।
