गर्मीबाट यसरी जोगिन सकिन्छ 


जेठ २७, २०८२, मङ्गलबार | विहान ०८:०१ बजे | 250


गर्मीबाट यसरी जोगिन सकिन्छ 

कुमार लघु, ख्वप 
भाइबहिनीहरू शुभ विहानी एवम् नमस्कार, 
जेष्ठ असारमा पानी पर्ने कुराहरू मौसम विद्हरूले संञ्चार माध्यममा भनिरहेको र बोलिरहेको थियो । मनसुन सुरू चाँडै सुरू हुन्छ भनेको थियो । तर मनसुन रोकियो भने आभास जनताले महसूस गरिरहेका छन् । आज गर्मीवाट वच्नेवारेमा लेख्ने छु ।  
आज गएको राती सबैलाई गर्मी महसूस भएको हुनुपर्छ । आजको विहान पनि गर्मी नै छ। गर्मीमा चिसो गर्न झ्याल खोलेर सुत्ने गर्नुहुन्छ होला । झ्याल खोल्ने भन्ने बित्तिकै होस् गर्नु पर्ने वेला हो । सुत्ने वेलामा सके झ्याल नखोलि सुत्ने हो । हामी आरामले सुतौला चोरले मौका ताकेको हुन्छ । झ्यालमा जालि राख्ने गर्नु पर्दोरहेछ । नानी बाबू कोठाको झ्याल थुनेर सुत्न खोज्दा पनि तातो भएर निदाउन नसकिने अवस्था छ । शरिरमा पसिना आउने सिरानी भिज्ने हुन्छ त्यसले गर्दा गर्मीमा सिरानी भिजेर अप्थारो   हुनेछ। निन्द्रा खल्वलिन्छ  । तातो कम गर्न शरिरले पानी मागिरहेको हुन्छ । शरिरलाई चाहिने पानी नपिउँदा पनि गर्मी हुन्छ है ।  जग्गा जमिन सुक्दै गरेकोले पनि जमपत तातेर हामीलाई समेट तातो  भएको हो । शरिरले मागेको छैन भनेर पानी नपिई बस्दा आलश्य हुन्छ । शरिर फूर्तिलो बनाउन नि तपाईं हामीले समय राखेर पानी पिउने गर्नाले हामीहरूलाई मद्त नै गरेको हुन्छ । जति गर्मी भयो शरिरलाई सन्तुलनमा राख्नलाई पानी पिउने गर्नु राम्रो हुन्छ ।  ज्ञानको कमीले पनि थोरै झन्झत सम्हालन जर्मर्को नगर्दा नि पछि ठुल्लो समस्यावाट पूर्व तयारी अवस्थामा रहनु पर्नेछ । ज्ञान बढाउन अनुभवले पनि हामीहरूलाई फाइदा पुगिरहेको हुन्छ ।
 हामीले खवरहरूमा सुने अनुसार दिनमा ५ लिटर पानी पिउने कुराहरू जानकारी गर्न चाहान्छु।

         शरिरमा पानी पुगेन भने लड्न सक्छ। आर्को भाषामा प्रेसरको झन्झत आउँछ । गर्मीमा अरू वेलामा भन्दा पानी पिउँन आवश्यक देखिन्छ । खाना खाएर वस्ने घुम्न कार्य गर्नेहरूले पानी पिउन अनुरोध छ । पानीको कमी अन्य विभिन्न समस्याहरू आउँछ । सतर्क रहनु पर्नेछ । गर्मीमा झनै रोग फैलिन्छ एकतिर पानीको कमी र सुत्ने वेलामा पातलो कपडा लगाउनाले पनि लामखुट्टेले तोकेर अरू ज्वर आउन बेर लाउने छैनहिजो सुत्दा केही भएको थिएन् के भयो भयो सुतेर उड्न सकेन भनेर परिवारहरूलाई चिन्ता हुन्छ । झ्यालमा जाली र खातमा झुल लगाई सुत्ने गरौँ ।
  अन्तमा भाइ बहिनीहरू स्कूलमा परिक्षा आईरहेको जानकारी गराउन चहान्छु किन कि परीक्षा अगाडि ज्वरवाट वच्नु पर्छ । परीक्षा नजिक स्वस्थ र तन्दुरूस्त भएर परिक्षामा सफलता पूर्वक सतर्क हुन सकोस् भनी म शिक्षकको नाताले अग्रिम शुभकामना दिन चहान्छु। परिक्षाको लागि तयारी अवस्थामा रहनु होला । विहान र वेलुका अध्ययन स्तरलाई अगाडि वढाई भविष्य उज्जवल वनाउनु होस् । परिक्षामा पनि खाना अरू वेला भन्दा अलि गतिलो र सभ्य असल खानाखानु होला । भाई बहिनीहरू भाइ बहिनीका अभिभावकहरूलाई सहयोग र सहकार्य गरि नानी बाबुहरूलाई  परिक्षाको लागि उत्प्रेरणा दिनु हुन्  अनुरोधका साथ आजलाई विदा हुन चहान्छु ।  धन्यवाद ,
२०८२÷२÷२७

Comments