चित दुख्यो ..


जेठ २५, २०८२, आइतबार | साँझ ०४:३५ बजे | 85


चित दुख्यो ..

कुमार लघु,ख्वप

भाइबहिनीहरू नमस्कार , आज मलाई चित दुख्यो किन ? यस विषयमा चर्चा गर्ने छु । मन मेरो कमलो छ। मन डरो वनाउँछु समय परिवर्तन भैरहेछ । काम ठाउँ छोराछोरीले काम पाउने हुनुपर्छ । पढेको लेखेको कमाई भएको हुनु पर्छ। छोराछोरीहरूले आम्दानी गरि स्याहार गर्लान भनेर आफ्ना समय सबै सन्तानहरूदिईयो । अहिले सबैको घरा एका एक बाकी भयो। जसको घरमा नि आमा बुबाको बेहाल छ । नयाँ पुस्ताले विचार कहिले गर्ने हो ? आज हामीलाई तपाईलाई सन्तानले त्यही देख्छ। बानी बेहोरा छोराछोरीहरूले हेर्छ । हामी र मेरा भाइहरूले आमा बुबाबाट वस्नलाई घर र खेतीपाती गर्न खेत मात्र दियो र लियाै खोइ हामीलाई केही दिएनाै भनेन् । छोराछोरीहरूलाई हामीले पनि कहिले सम्पत्ति ल्याउ भनेनाै । आजकलकाले त हाम्रो भाग ल्याउ भन थाले चित यसैले दुखेको आमा बुबा ठूलो आमाहरू र काका काकीहरूले हामीलाई सुनाउन थाले खोइ हाम्रो भविष्य पनि के हुने हो थाहा छैन्। मेरो कान्छो भाइ हुन्छे कुमार लघु विरामी छन् । मन भकानी छ । विरामी नभए दाइ भनी वेला माैकामा पसलमा आईरहन्थो । रोग पता लागेको छैन् । अहिले टिचिङ्ग अस्पतालमा भर्ना गरेर राखेको २० दिन जस्तै भयो । उ पनि मेडिकल पर्सन नै हो । हेर भाई बहिनीहरू भविष्यमा पढेर काम राम्रो गरेर आमा बुबालाई माया गरेर ख्वाउने पिलाउने गर्नुपर्छ ।छोराछोरीहरूको कर्तव्य र दायित्व निभाउनलाई अहिले नै विध्यार्थी कालमा पढेर सीप सिक्नुपर्छ। आज आफूले खान खोजेको खाना आफ्नै मिस्टेकले खोसेर लिए । चित दुख्यो । चित दुखेर मनमा आँसु त निस्केन भाइ बहिनीहरू ... भाइ बहिनीहरू बाजे बजै आमा बुबा काकी र फूपू बहिनी दाइ बहिनीहरूलाई नमस्कार ,के छ? आराम विराम के छ भनी फोन गर्ने घर जाने आउने जाने माया गर्ने बोली वचन मीठो गरिरहनुपर्छ । आफ्ना मनलाई ढुङ्गो वनाउनु हुन्दैन् । कमलो दैनिक व्यवहार सम्मान र सत्कार गर्ने भै राख्नुपर्छ । आफू मात्र सधै बलियो हुदैन् । आफूलाई पनि कहिले काहीँ आपत आउन सक्छ है । अशक्त होला ,निर्बलियो होला , ज्वरो आउँला अरू वरामी पर्दा सक्दो सहयोग गर्ने गर्नुपर्छ । यो कर्तव्य विर्सनु हुदैन् । समाज ,समूह र समुदाय मिलेर वस्नु पर्छ । दाजु भाइ चाहिन्छ । घेरै समय भेटघाट भएन् भने समय मिलाई फाेनमा सम्पर्क र घरमा गई भेट् गर्ने असल बानी हो । हामीले आफ्ना नातागोतालाई असल व्यवहारले मानिसमा असल वानी व्यवह‍ारले जित्नुपर्छ । आज खाना अलि छिट्टो खान खोजेको पोखियो । त्यसैले पनि मन आज देखेको भएर विध्यार्थीहरूलाई सुनाउन मन लाग्यो । भाइ बहिनीहरू आफू रूखो खालको बन्नु वनेर हुदैन् । सहयोगी मिलनसार मुस्कुराउने हँसिलो हुने गर्नुपर्छ । आम्दानीको बाटो सानैदेखि हेरेर आम्दानीको सीप र विचार जिवनमा नभई नहुने वारेमा आफू विचारवाण हुने गर्नुपर्छ । छिमेकीको नजरमा फलानाको छोराछोरी त असल छ, छोरीोछोरीहरू असल भन्ने वाटो रोजि राख्नुपर्छ ।विभिन्न सिपको तालिम लिई राख्ने गर्नुपर्छ पढेर पनि सीप बेलामै लिने वानी बसालाै । पढ्न र लेख्न छोड्नु हुदैन् । किताब पढ्ने गर्नुपर्छ। समूहमा समूहमा वसेर बनाएर र समूहमा वसि राख्नुपर्छ । जति काम भए नि पढ्ने सस्कारवाट टाढा वस्नु हुदैन् । अर्काको बुक्क पढेर ज्ञान आर्जन गर्ने माहान छ । साथीहरू माझ सधै लोकप्रिय बनेर सबैको प्यारो हुनुपर्छ। लाै त भाइ बहिनीहरू भविष्यको चिन्तक भएर सबैलाई माया दिन गर्नुस् । आँखाको नानी हुनु पर्छ । खानेकुरा फाल्नु हुदैन् । खाना खाने र खाना फाल्नु हुदैन् । मलाई पनि आज चित दुख्यो । खाना पोखेर मन खिन्न भयो । मेरो जहानले पछि पकाउँछु भनेर खाना थपेर दिए खाए । आफ्ना श्रीमतीले पेटभरी खाना खायो खाएन् हेर्न नि भ्याएन्। महिलाको मन माहान छ। आजलाई विट् मार्छु २०८२-२-२५

Comments