विनायक शिक्षा निकेतन ई. सेकेन्डरी स्कूलमा गणित क्लबको पुनर्गठन


जेठ २४, २०८२, शनिबार | दिउँसो ०३:३१ बजे | 140


विनायक शिक्षा निकेतन ई. सेकेन्डरी स्कूलमा गणित क्लबको पुनर्गठन

भक्तपुर। विनायक शिक्षा निकेतनमा गणित क्लबको पुनर्गठन २०८२ सालमा उत्साहपूर्वक सम्पन्न गरिएको छ। गणितप्रेमी विद्यार्थीहरूको सक्रिय सहभागिता र मार्गदर्शक शिक्षकमण्डलीको समर्पणले क्लबको नयाँ चरण प्रारम्भ भएको छ। क्लब पुनर्गठन कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र विक्रम प्रजापतिले बधाई दिंदै भन्नुभयो, "गणितजस्तो विषयले विद्यार्थीको सोच्ने तरिका र जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न सक्छ। यो क्लबले भविष्यका वैज्ञानिक र विचारकहरू उत्पादन गर्ने आधार बन्नेछ।" त्यसैगरी गणित विषयका शिक्षक श्री नरेन्द्र प्रजापतिले पनि नयाँ टिमलाई शुभकामना दिंदै भन्नुभयो, "गणित केवल अंकहरूको खेल होइन, यो त जीवन बुझ्ने कला हो। यस क्लबमार्फत विद्यार्थीहरूमा तार्किक सोच, समस्या समाधान क्षमता, र आत्मविश्वास झन् मजबुत हुनेछन्।" कार्यक्रममा क्लबका नयाँ पदाधिकारीहरू घोषणा गरिएको थियो र आगामी वर्षका लागि विभिन्न गणितीय गतिविधिहरूको योजना सार्वजनिक गरिएको थियो, जसमा प्रतियोगिता, कार्यशाला, तथा अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश हुनेछन्।

Comments