संस्थागत विद्यालय सञ्चालकको लगानी सुरक्षित हुनुपर्छ ः पौडेल


जेठ १८, २०८२, आइतबार | साँझ ०५:३९ बजे | 845


संस्थागत विद्यालय सञ्चालकको लगानी सुरक्षित हुनुपर्छ ः पौडेल

सागर गुरागाईं
भक्तपुर । पूर्वशिक्षामन्त्री एवं संघीय सांसद देवेन्द्र पौडेलले संस्थागत विद्यालय सञ्चालकहरुल लाखौं=करौडौं लगानी गरेर विद्यालय सञ्चालन गरेकाले राज्यले उनीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताउनु भएको छ ।

निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सूर्यविनायक नगर कार्यसमिति भक्तपुरद्धारा प्याब्सनका पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले उक्त विचार व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष विनोद काफ्लेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष एवं पदाधिकारी, प्रदेश अध्यक्ष, बागमती प्रदेशका १३ जिल्लाका अध्यक्षहरु, काठमाडौं उपत्यकाका तीन जिल्ला एवं सबैपालिकाका अध्यक्ष, पदाधिकारकी एवं सदस्यहरुलाई सम्मान एवं बधाई दिदैं कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री पौडेलले विद्यालय शिक्षा ऐनले सामुदायिक विद्यालयका शिक्षक एवं संस्थागत विद्यालय सञ्चालकलाई विभेद गर्नु नहुने विचार व्यक्त गर्नुभयो ।

उक्त बधाई तथा सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याब्सनका सदस्यहरुद्धारा सञ्चालित विद्यालयको स्तरोन्नति, कोष निर्माणदेखि गुणस्तरीय शिक्षासँगै असल संस्कारका लागि संस्थागत विद्यालय सञ्चालक एवं शिक्षकहरुले तालिमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल प्रसाद आचार्यले सूर्यविनायक नगर प्याब्सनले सबै संस्थागत विद्यालय सञ्चालकहरुलाई एकै थलोमा भेला गरेर बधाई एवं सम्मान गरेकोमा प्रशन्नता व्यक्त गर्नूभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष दिपीका रिमाल थापाले सूर्यविनायक नगर प्याब्सनको कार्यको प्रशंसा गर्दै ६ वर्ष अघि स्थापना भएको सूर्यविनायक नगर प्याब्सनले राष्ट्रिय स्तरको सम्मान कार्यक्रम आयोजना गरिरहेको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । केन्द्रीय उपाध्यक्ष एवं तालिम संयोजक सन्तोषमणि न्यौपाने, केन्द्रीय महासचिव आर.वी. कटुवाल, प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नोख बहादुर खत्री, प्याब्सन काठमाडौं अध्यक्ष नवराज भ¤ लगायतका सम्मानित व्यक्तिहरुले संस्थागत विद्यालयले आफ्नै स्रोत र साधन प्रयोग गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै असल संस्कार र सीप प्रदान गरिरहेको जानकारी दिदैं सूर्यविनायक नगर प्याब्सनद्धारा आयोजित बधाई एवं सम्मान कार्यक्रम राष्ट्रिय स्तरको गरिमामय भएको धारणा राख्नु भयो । कार्यक्रम संयोजक एवं सूर्यविनायक नगर प्याब्सनका प्रमुख सल्लाहकार दिनेश मैनालीले संस्थागत विद्यालयका समस्या, शिक्षा ऐन, अबको कार्यनीतिबारे छोटोमा बुदाँगत जानकारी दिदैं सबैको साथ, सहयोग र एकताबाट प्याब्सन सुदृढ हुने बताउनु भयो । सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष विनोद काफ्लेले नगरको वार्षिक कार्ययोजना २०८२ बुदाँगत रुपमा प्रस्तुत गर्दै शिक्षा राष्ट्र निर्माणको आधारशिला भएको बताउनु भयो । अध्यक्ष काफ्लेले विगतमा सूर्यविनायक नगर प्याब्सनका तात्कालिन अध्यक्ष दिनेश मैनालीलाई उत्कृष्ठ नगर अध्यक्षमा सम्मानित गरिएको स्मरण गर्दै गुणस्तरीय शिक्षा मार्फत सचेतना, असल संस्कार, सीप विकास, प्रिन्सिपल एवं शिक्षक र विद्यार्थीहरुलाई विभिन्न तालिमको आयोजना गरिने जानकारी दिनुभयो । अध्यक्ष काफ्लेले सूर्यविनायक नगर प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा धादि», गोर्खा लगायतका जिल्लामा गएर पाठ्यपुस्तक, पोशाक, झोला, फर्निचनर, कम्प्युटर आदि सहयोग गरेको जानकारी दिनुभयो । सूर्यविनायक नगर प्याब्सनका सचिव खुम शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सूर्यविनायक नगर प्याब्सनका उपाध्यक्ष भोला चौधरीले संस्थाको हाल सम्मको गतिविधि सहित उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । नगरकोट स्थित होटल हिलसाइडमा भएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्र्र्रिय अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, सदस्यहरु, प्रदेश अध्यक्षहरु, जिल्ला अध्यक्षहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सुप्रिम मोटर्स, एम्बिसन गुरु लगायतका प्रतिनिधिहरुले शुभकामना सहित आआफ्नो उत्पादनको बारेमा जानकारी दिएका थिए । यसैबिच प्याब्सन केन्द्रिय समितिको पछिल्लो बैठकबाट प्याब्सनका केन्द्रिय सदस्य सुरेन्द्र तुबन्जा श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरिएको प्याब्सनका केन्द्रिय कोषाध्यक्ष गणेशबाबु पोखरेलले जानकारी दिनुभयो । हाल प्याब्सन केन्द्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल, उपमहासचिव भुवनलाल श्रेष्ठ, केन्द्रिय सचिव चन्द्रकुमार अधिकारी, केन्द्रिय सचिवालय सदस्य सुरेन्द्र तुबन्जा श्रेष्ठ लगायतका शिक्षाकर्मीहरु भक्तपुर जिल्लाबाट प्याब्सनको केन्द्रमा प्रतिनिधित्व गरिरहनु भएको प्याब्सन भक्तपुरका कार्यालय प्रमुख अंकित पोखरेलले जानकारी दिनुभयो । 
 

Comments