ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न


जेठ १७, २०८२, शनिबार | राति १०:१८ बजे | 360


ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न

बिहान ६ देखि ७ बजेसम्म श्री नाश: धिमे खल: र श्री सोमलिङ्गेश्वर आधारभूत विद्यालय को आयोजनामा सूर्यविनायक नगरपालिका सिरुटार वडा नं १ मा  श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसन का संस्थापक अध्यक्ष चन्द्र हरि कायस्थद्वारा ध्यानको कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमलाई स्वागत गर्दै विद्यालयका प्रधान अध्यापक मञ्जु बस्नेत ध्यान तथा प्रेरणा विद्यार्थी शिक्षकलाई मात्र नभई सम्पूर्ण व्यक्तिलाई आवश्यक भएको तथा श्रीहरि फाउन्डेसनसँग सदैव सहकार्य गर्न आफू तयार भएको र सम्पूर्ण व्यक्तिहरूलाई तयार भई स्वयंम सेवकको भूमिका निर्वाह गर्न आग्रह पनि गर्नुभयो।

साथै हरेक शनिबार बिहान र प्रत्येक विधाको दिनमा एउटा यस्तो कार्यक्रमहरू सञ्चालन गर्न फाउन्डेसनसँग आग्रह पनि गर्नुभयो। "एक विश्व एक आध्यात्मिक परिवार बनौँ " भन्ने भाव बोकेर हिँडेको संस्थाका अध्यक्ष कायस्थ (श्रीहरि) भन्नुहुन्छ ध्यानका बारेमा धेरै भ्रमहरू छन्, ध्यान कुनै गर्ने (क्रिया) होइन, यो त व्यक्तिमा अक्रिया हुने अवस्था हो । प्रत्येक व्यक्तिलाई सानैदेखि केही न केही गर्नुपर्छ भनेर सिकाइयो तर माता-पिता, गुरुहरूले कहिले पनि केही नगरिकन जीवन जिउनुपर्छ भनेर सिकाएन । २४ घण्टामा कमसेकम आफू जति वर्षको उमेरको छ त्यति मिनेट केही नगर्ने प्रक्रियामा रहने अवस्था 'ध्यान' हो ।

अध्यक्ष कायस्थले जीवन उपयाेगी विभिन्न उदाहरणहरू दिएर ध्यान एवं उत्प्रेरणा दिने क्रममा 'ध्यान' सबैभन्दा सरल अवस्था भएकाे बताए । जीवनमा केही पनि नगरिकन (अक्रिया अवस्थामा) रहने कलाको नाम ध्यान  हाे भनेर व्याख्या सहित जानकारी दिनुभयाे । उहाँले विगत १२ वर्ष अगाडी नै सहज ध्यान गर्ने विधिप्रतिपादन गरी व्यक्तिलाई सहयोग गरेको र युट्युब च्यानलमा हालै मात्र २४ मिनेटको ध्यानविधि उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले Youtube मा उपलब्ध सामाग्रीले (ध्यान विधि)  कहिले पनि ध्यान नगर्ने व्यक्तिहरूले आफ्नो जीवनमा जहाँ पनि, जहिले पनि उपयोग गर्न सक्ने बताउनुभयो।

कार्यक्रममा नास: धिमे खल:का पदाधिकारीहरू सहित समाजका गन्यमान्य, प्रौड तथा बुद्धिजीवीहरूको बाक्लाे उपस्थिति रह्यो । ध्यान गरिसकेपछि मन शान्त, शरीर हल्का एवं प्रफुल्लित भएको अनुभव युवा, वृद्ध तथा बुद्धिजीवीहरूले अनुभव पनि साटासाट गरेका थिए  l

कार्यक्रमको अन्तमा श्री नासाः धिमे खलःका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठले नेवारी संस्कृति, सम्पदा र भाषा-भेषभूषालाई संरक्षण र सम्बर्धन गर्न दुई वर्ष अगाडिबाट खल:को सञ्चालन रहेकाे जानकारी दिनुभयाे । यस खलःले दुई वर्षमा विभिन्न ढिमे: प्रतियोगिताहरू लगायत विभिन्न संस्कृतिक कार्यक्रमहरूमा उल्लेखनीय भूमिका खेलेकाे र पुरस्कार, पदकहरु जित्न सफल भएको बताउनुभयो ।

साथै खलःका अध्यक्ष श्रेष्ठले फाउन्डेसनसँग सुरुवातकै दिनदेखि विभिन्न गतिविधिहरुमा साथ दिँदै आएको र साथ दिइरहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Comments