साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेको निधनप्रति दुःख व्यक्त


जेठ १७, २०८२, शनिबार | राति ०९:०८ बजे | 565


साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेको निधनप्रति दुःख व्यक्त

नेपाली साहित्यका विशिष्ठ सर्जक एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा असामयिक निधन भएको छ । रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेको यही जेठ २६ गते नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारका क्रममा निधन भएकोमा प्रतिष्ठानद्वारा शोक वक्तव्य मार्फत दु:ख व्यक्त गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले जेठ १७ गते शनिबार एक शोक विज्ञप्ति जारी गरी नेपाली साहित्यका मूर्धन्य साहित्यकार एवं पत्रकार विजय चालिसेको निधनले नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ । साहित्यकार तथा वरिष्ठ पत्रकार एवं रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेको असामयिक निधनप्रति प्रतिष्ठानले गहिरो दुःख व्यक्त गरेको छ । चालिसेको २०८२ जेठ १६ गते शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले जेठ १७ गते शनिबार एक शोक विज्ञप्ति जारी गरी नेपाली साहित्यका विशिष्ठ सर्जक एवं पत्रकार व्यक्त चालिसेको निधनले नेपाली साहित्य र पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको बताएको छ । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा लामो समय नेपाली पत्रकारितामा बिताउनुभएका चालिसेले गोरखापत्र दैनिकको प्रधान सम्पादक तथा गोरखापत्र संस्थानको अध्यक्ष समेत भएर संचार क्षेत्रको विकासमा यथेष्ट योगदान दिनुभएको उल्लेख गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा अग्निचक्र, भग्न आस्थाको खण्डहर, जीवनका वक्ररेखा , युगसन्धि,अनि कुहिरो फाट्छ, विज्ञानको कैदी, प्रयोग-प्रत्यारोपण, मनका तूलिकामा स्मृतिका विम्बहरू, अप्रिलको बेलायत यात्रा, होटल राँकीमा हत्या, खोसिएको सपना कथा, उपन्यास, नियात्रा, आत्मसंस्मरण, नाटक र बालसाहित्य गरी चार दर्जन कृति प्रकाशन गर्नुभएका चालिसेको आमसंचार विषयका दर्जन बढी कृति प्रकाशित छन् । लामो समय नेपाली पत्रकारिता क्षेत्रमा बिताउनुभएका चालिसेले गोरखापत्र दैनिकको प्रधान सम्पादक तथा गोरखापत्र संस्थानको अध्यक्ष समेत भएर संचार क्षेत्रको विकासमा विशिष्ट योगदान दिनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कुशल अनुवादक र सम्पादक रहनुभएका चालिसेका विविध विषयसंग सम्बन्धित समसामयिक, सामाजिक, सांस्कृतिक रचनाले नेपाली समाजको विकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएको छ । प्रतिष्ठानले भाषा, साहित्य र पत्रकारिता जगतलाई विशिष्ठ योगदान दिनुभएका कीर्तिशेष चालिसेको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

Comments