सरस्वती विद्यागृहका एसएलसी व्याचद्धारा विद्यार्थीलाई सहयोग


जेठ १७, २०८२, शनिबार | राति ०७:४३ बजे | 245


सरस्वती विद्यागृहका एसएलसी व्याचद्धारा विद्यार्थीलाई सहयोग

भक्तपुर । सरस्वती विद्यागृह माध्यमिक विद्यालय लामगाल पोखरी कमलविनायक भक्तपुरबाट २०४० सालमा एसएलसी दिएका एसएलसी व्याचले सोही स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । शनिबार स्कुलमै एक कार्यक्रमको आयोजना गरी उनीहरुले स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई व्याग, कापी, कलमलगायतका शैक्षिक तथा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । शनिबार भएकोले कक्षा ९ र १० मा अध्ययनरत विद्याथीलाई मात्रै कार्यक्रममा बोलाएर सहयोग हस्तान्तरण गरेको हो । बाँकी विद्यार्थीहरुलाई आइतबार स्कुलले नै सहयोग सामाग्री हस्तान्तरण गर्ने जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व रहेका थिए । कार्यक्रममा उनले पहिलापहिला भक्तपुरकै उत्कृष्ट विद्यालयको रुपमा रहेको यस विद्यालयलाई उही अवस्थामा पुर्याउन प्रयास गरिरहेको जानकारी गराए । त्यही अनुसार स्कुलमा विद्यार्थी संख्या वढ्दै गएको र परीक्षाफल उत्कृष्ट बनाउने प्रयास भइरहेको उनले जनाए । साथै भौतिक विकासका लागि स्कुल आसपास नै एउटा चारतल्ले स्कुल भबन बनाउने तयारीमा रहेको उनले जानकारी पनि उनले गराए । कार्यक्रमका सभापति एवं २०४० व्याचका विद्यार्थीहरुको तर्फबाट गठित समितिका संयोजक दीलिपकुमार खड्काले आफूले एसएलसी दिएको स्कुल र त्यहाँं पढ्ने विद्यार्थीलाई सहयोग पुगोस् भनेर सहयोग गरेको जानकारी गराए । कार्यक्रममा पूर्व प्रधानाध्यापक धर्मसुन्दर तुलाधरले आफूले उक्त स्कुलमा ३८ वर्ष सेवा गरेको सम्झना गरे । कार्यक्रममा सोही व्याचका विद्याथी किरण खागी, हाल जागृती माविका शिक्षक कृष्णगोपाल गाइजू, पवना प्रधान, स्कुलका प्रधानाध्यापक गनुराज राईलगायतले विविध शैक्षिक विषयवस्तुहरुबारे चर्चा गरेका थिए । कार्यक्रमको उदघाटन व्यवस्थापन समितिका अध्यक्ष ज्याख्वले गरेका थिए । साथै त्यस अवसरमा स्कुलका पूर्व प्रधानाध्यापक स्वर्गीय शारदाभक्त मधिकमी शालिकमा माल्र्यापण पनि गरिएको थियो ।

Comments