सम्मानका हकदार
जेठ १७, २०८२, शनिबार | साँझ ०६:४३ बजे | 75
विद्राही आर.के. हातमा ठेला, पसिनाको धारा इमान्दारीताको पला, सम्मानको हकवाला । कर्तव्यको पालना, बफादारीका निर्वाहा मेहनतका बोलवाला, पुरस्कारका दावा ।। न घूसका हावा, न चलाखीका चाला न चाकरीका चोला, न दासीका साँया । किन खोक्रिन्छ गिद्धि, छनौटका नेता विधानका विद्या, पुरस्कारका विधा ।। असली हिरा धुलोमा, विधि विधान ओझेलमा नकलीको घाटीमा माला, सकलीको घाटीमा पासो । पक्षपातको जाँतोमा पिस्छ, न्यायको पानामा हराउँछ सम्मानका देवता, मन्दिर भित्रको तालामा ।। पदको दुरुपयोग, पहिरनको धाँक सत्यको मरण, असत्यको दबाव । चाकरीका पदचाप, अपराधका धारा शक्तिका उन्मात, न्यायलयमा ताला ।। कोठाभित्र बनाईन्छ निर्णयका खेल इमान्दारीलाई हेला, भ्रष्टलाई बेल । नटुटोस् हौसला इमान्दार कर्मचारीमा नपरोस् सम्मान बेइमानको हातमा ।। के यही हो मापदण्ड ? सच्याईलाई अलग यो पण्डित पण्ड ? कर्मठलाई विर्सिने । कसले तोल्छ मेहनत? सम्मान गारथमा कसले लेख्छ इतिहास ? पुरस्कारको पानामा ।। एक दिन लेखिने छ, सत्यको पनि गाथा असली नायकहरु हुनेछन् उज्यालो ज्वारभाटा । जाग्ने छ क्रान्तिकारीपन, ट्रेड युनियनवाद विरुद्ध देशको सपना बोकेर, असली कर्मचारीको युद्ध ।।
